– मुना बिष्ट/बिहानै उठे देखि निकै ब्यस्त दैनिकीमा रहने रमेस साहुको पहिचान पानी पुरीवालाको रुपमा स्थापित हँुदै गएको छ । आफ्नै देशमा काम गरि परिवारसँग जीवन बिताईरहेका नेपागन्ज उप—महानगरपालिका वडा नम्बर १७ परसपुरका साहु आफुले गरिरहेको काम प्रति सन्तुष्ट देखिन्छन् । बिहान उठेसँगै उनको परिवार सहित उनी पानी पुरी बनाउनमा ब्यस्त हुन्छन् । झण्डै दुई तीन घण्टा पानी पुरी तयार गर्न उनलाई लाग्छ त्यसपछि उनी खाना खाएर केही समय आराम गर्दछन् । दिउसो ढल्कदै जाँदा उनी बिहान तयार पारेको पानी पुरी र चाटले भरी भराउ ठेला लिएर ब्यापारको लागि बजार तिर जान्छन् । प्रायः जसो दिनको ३ बजे देखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा आफ्नो ठेला ब्यवसाय गर्दै आएका साहुलाई राति ९ बजेपछि मात्रै छुट्टी पाईन्छ । रमेस साहु युवा हुन् उनी भर्खरै २४ वर्षका भए । मधेशि समुदायमा जन्मिएका साहुले ५ कक्षा सम्मको अध्ययन पश्चात बुवाको व्यवसायमा सहयोग गर्न थाले । बिस्तारै उनको रुचि पनि पानी पुरी ब्यवसाय तर्फ गयो र उनले २०५९ साल देखि आफै यो ब्यवसाय गर्न थाले । निकै मिजासिलो स्वभावका रमेसको ठेलाको पानीपुरी खान युवाहरुको दिनहुँ भीड लाग्ने गर्दछ । ५ कक्षा सम्म मात्र पढेका उनले नेपालगन्जकै एउटा होटलमा काम गर्दा गर्दै पानी पुरी बनाउन सिकेका थिए । बजारमा आउने पानी पुरी भन्दा उनले बेच्ने पानीपुरी फरक छ किन भने उनी रेडीमेट पानीपुरी बेच्दैनन् । उनी भन्छन— म रेडीमेट पानीपुरी बेच्दैन घरमा श्रीमती र मैले बनाउँछौं । पानीपुरी व्यवसाय नै रोज्नुको अर्को कारण नगद कारोबार हो । उनी भन्छन्—दैनिक नगद कारोबार भईरहने ब्यवसाय हो यो । ब्यवसाय गरेदेखि कहिले पनि कसैसँग पैसाको लागि हात थाप्नु नपरेको उनी बताउँछन् । सरकारी अनुदान तथा सरकारी कार्यक्रमको बारेमा अनबिज्ञता प्रकट गरेका रमेशले आफुले रुचाएको पेशा गरेमा कसैको आशा गर्नु नपर्ने बताउँछन् । पानीपुरी ब्यवसायका समस्याका बारेमा सुनाउँदै उनी भन्छन्— घाम, पानी, धुलो, धुवाँ ठेला ब्यवसायको मुख्य समस्या हो । दिउसो ३ बजे देखि राति ९ बजे सम्म उभिएरै ब्यापार गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् । कहिले काहि ग्राहकहरुको भींड धेरै भयो भने कतिपय ग्राहकहरु पैंसा नतिरेरै जाने गरेको उनको भनाई थियो । विभिन्न समयमा नेपालगञ्ज उपमहानगरपालिकाले लखेट्ने र सामान जफत गर्ने गरेको उनी सुनाउँछन् । उनी भन्छन् —नगरपालिका चौक नजिक ठेला नराख भन्छ एकान्त ठाउँमा ब्यापार हँुदैन कयौ पटक नगरपालिकामा एक हजार रुपैया जरीबाना तिरेर ठेला ल्याएको छुँ । नेपालगञ्ज उपमहानगरपालिकाले ठेलाको लागि उपयुतm स्थानको खोजि गरिदिएमा सहज हुने उनको भनाई थियो । हाल रमेशका चार जना छोरा, श्रीमति र आफु गरेर ६ जनाको परिवार छ । दैनिक २ हजार देखि २२ सय सम्म कमाई गर्ने रमेश भन्छन् — यो पेशाबाट धेरै सम्पति जोड्न नसकिए पनि छोरा छोरी
राम्रो स्कुलमा पढाउन सकेको छु जसबाट निकै खुसी मिलेको छ । यस्तै दैनिकी नेपालगंज उमहानगरपलिका वडा नं. ११ का २८ वर्षिय शिव कुमार गोडियाको छ । नेपालगन्जको मुख्य बजार त्रिभुवन चोकमा पानीपुरि ब्यवसाय गर्दै आएका उनले दैनिक १५ सय सम्म कमाउने गरेको बताउँछन् । विगत ८ बर्ष देखि सो पेशा गर्दै आएको बताउने शिव कुमार ब्यवसायबाट ४ जनाको परिवारको खर्च राम्रै सँग चलिरहेको बताउँछन् । ब्यवसाय गर्नका लागि निश्चित स्थान नहँुदा समस्या भईरहेको बताउने गोडियाले स्थानीय सरकारले पानीपुरी पेशाको लागि मात्र भनेर निश्चित स्थान को ब्यवस्था गरिदिएमा सहज हुने बताउँछन् । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ कै मेहेश शाहु पनि त्रिभुवन चौककै पानीपुरी व्यवसायि हुन् । उमेरले मात्रै २२ टेकेका उनी यो ब्यवसायमा प्रवेश गरेको भने झण्डै १० वर्ष भईसकेको बताउँछन् । दिउसो २ बजे देखि राति ९ बजे सम्म ब्यवसाय गरेको बताउने शाहले यो ब्यवसायबाट ८ जनाको परिवार को लालन पालन गरिरहेको बताउँछन् ।
मेहेनत र लगनका साथ काम गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा उनीहरु देखिन्छन् । लाखौ रुपैया खर्च गरे अर्काको देशमा गई मजदुरी गर्नु भन्दा आफ्नो परिवारसँगै बसेर आफ्नौ देशमा सम्मानको पेशा गर्न पाउदा उनीहरु निकै सन्तुष्ट देखिन्छन् । पछिल्लो समय लाखौ युवाहरु बिदेशिदै गएको अवस्था स्वदैशमै उद्यम गरिरहेका युवाहरुको लागि स्थानीय सरकाले कार्यक्रम तथा योजना ल्याउन जरुरी देखिन्छ ।