कुरा यहि असोज महिनाको हो म संस्थागत काम बिशेषले नेपालगन्ज देखि रुपन्देहीको भैरहवा गएको थिए म संस्थागत कामले भैरहवा गएका कारण करिब हप्ता दिन सम्म त्यहाँ बसेको थियो सो बसाईको क्रममा मैले सिद्धार्थनगर नगरपालिका, कोटहीमाई गाँउपालिका र सियारी गाँउपालिकाका विभिन्न वडाहरुमा कार्यक्रमको सिलसिलामा गएको थिए । म र मेरो टिमका साथिहरु रुपन्देहीको काटहीमाई गाँउपालिकाका प्राय वडाहरुमा कार्यक्रमका लागि गएका थियौ । कोटहीमाई सो क्षेत्रकै दूर्गम गाँउपालिकाको रुपमा गरिचित रहेछ । सडक सञ्जालले छोएको सो गाँउपालिकामा मधेषी समुदायको बाहुल्यता रहेको छ भने त्यो गाँउपालिका पछाडी पर्नुको मुख्य कारण शिक्षाको कमी नै देखिन्छ । भारतीय सिमाना सँग जोडिएको सो गाँउपालिका घुमघामको क्रममा हामीले चर्चीत धर्मिक स्थलहरुको समेत अवलोकन गर्ने मौका पायौं ।
कोटहीमाई गाँउपालिकामा गाँउपालिका सम्गको बैठक पछि हामी सो क्षेत्रकै चर्चीक एक धार्मिक स्थलको अवलोकनका लागि पुग्यौं गाँउपालिका देखि झण्डै ५ देखि ७ मिलोमिटरको दुरीमा रहेको सो स्थाल निकै शान्त र रमणिय छ । सो क्षेत्रको मर्चवारको नामले चिनीले सो स्थानमा माया देखि र मर्चवारी देबिको मन्दिर रहेको छ जसलाई राम जानकी मन्दिर समेत भनीन्छ । झण्डै २÷३ सय बर्ष पुरानो सो मन्दिरको ईतिहास सुन्दा र मन्दिरको अवलोकन गर्दा मलाई निकै नौलो र आश्चर्य लाग्यो । मैले यो भन्दा पहिले पनि धार्मिक मन्दिर तथा देवि देवताका बारेमा राम्रो सँग अध्ययन गरेको थिए तर त्यहाँको चलन निकै फरक रहेछ । सो मन्दिरमा विभिन्न धर्मावलम्बीहरुले दर्शन गर्ने रहेछन् मन्दिरमा गई मन्नत माग्ने र मन्नत पुरा भएमा सो मन्दिरमा अरु मन्दिर जस्तो घण्ट तथा अन्य बस्तु चढाउनुको साटो हात्तिको मुर्ती चढाउने चलन रहेछ । मलाई सो मन्दिरमा चढाएका सयौं हात्ति हेर्दा निकै आश्चर्य लाग्यो पहिले त पत्याउनै समेन तर पछि सो मन्तिरका
पुजारी साग कुरा गर्दा म बिश्वस्त भए । नेपालकै लागि एक नौलो सो मन्दिरको बारेमा खासै प्रचार प्रसार भएको देखिदैन त्यसको प्रचार प्रशासर का लागि सरोकारवालाहरुले पहल गर्न जरुरी देखिन्छ ।
- एच.आर भट्ट, नेपालगन्ज