नाम्लोले चेप्टिएको टाउको
भोकले साँघुरिएको भुंडी
डोकाको पिधँझैं
टनटन कम्मरमा बेरिएको पटुकि
थोत्रा थाम्रा लुगाफाटोले
अटेसमटेस भरिएको कुम्लो
परदेशले अनयासै देखाएको हो
कयौंपटक सम्झनामा आउने
डाँडा माथिको गोधुलि साँझ
धित मरुन्जेल पिउने ढुङ्गे धाराको पानी
बिहानीको सङ्केत गर्ने त्यो रातो भाले
बाँ को सङ्केत पाउदै ग्वाँ ग्वाँ गर्ने माली गाई
मुसलधारे पानी पर्दा कयौंपटक भिजेको आमाको चोलि
परदेश ले घरदेश पठाएपछि
थुनिएका छन कैयौं सपनाहरू
रित्ता रित्तै भएका छन्
भोक पाक्ने कसौंडीहरु
अध्याँरो कोठामा
झिनो सकुशल फर्किने आशाहरु
रुघाखोकी र नाम्लोले थिचिएको टाउको
उठ्छ उठ्दैन यो कहालीलाग्दो
क्वारेन्टिनमा
अन्तिम हुनसक्छ कनिकुथि खकारे
एक विर्को र्याल र खकार
सरकार
सक्छस् भने क्वारेन्टाइन मा
चाडो पठाइदे
जिउने या म मर्ने बाटो ।।
– इश्वर दाहाल