धेरैपछि साथीहरुको एक जमघटमा जाने मौका जु¥यो । म गीत संगीतमा रमाउने मान्छे, बडो उत्सुक भइरहें । कलेजका दिन पछि खासै जान पाइएको थिएन यस्ता जमघटमा । पिकनिक स्पटमा पुगिसकेपछि सबैजना सामान मिलाउन र पकाउने तयारी गर्न लागियो । एकै छिनमा एक जना हाम्रै सहभागी मित्रले एउटा खैरो रङको खसी डो¥याउँदै ल्याएर खम्बामा बाँधे । अर्कोतिर आगोमा भकभक उम्लीरहेको पानी, धार लगाइरहेको खुकुरी देखेपछि मलाई अनुमान लगाउन बेर लागेन कि यो खसीको आज अन्तिम दिन रहेछ । आज भयानक कहाली लाग्दो दृश्य देख्न बाध्य भइरहेको भान भयो । किनकी म जन्म देखि शाकाहारी भएकोले मांसाहारको छेउछाउ प्रत्यक्ष पुगेको थिइन ।
मन एक तमासको भयो । एकदम जाडोमा उखरमाउलो गर्मि भयो छट्पटि भएपछि म मेरी एक मित्रलाई लिएर अलि पर गए । म पिकनिक मनाउन गएको मान्छे भागेर के साध्य थियो र । फेरि स्पटमा आए । खसी पहिला झैं कराएको थिएन, झोक्राइरहेको थियो । सायद उसले आफ्नो मृत्यु आँखा अगाडि देखिसेकेको थियो । मान्छे जतिको चेतना नभएपनि सबै प्राणीको आफ्नो चेतना स्तर त हुन्छ । म अलि संवेदनशील प्रकृतिको छु र हो की लामखुट्टे मार्ने पनि हिम्मत हँुदैन । जुन जीवलाई मार्नै पर्ने हुन्छ, तिनको बैकुुण्ठ धामको बास होस् भन्ने कामना गर्ने बानी अहिले पनि छ । त्यहि हुनाले काटमारबाट सदैव टाढा हुन चाहान्थें ।
म जीवनमा पहिलो पल्ट आफुलाई निरीह सम्झिरहेको थिए । किनकी म उसलाई बचाउँन चाहान्थें, स्याउला खुवाउन चाहान्थें उसंगै बुर्कुसी मार्दै दौडन चाहान्थें भुरा बेलामा जस्तै । तर यो सम्भव थिएन । अब मैले यसको घाँटीमा खुकुरी लाँदाको बखत जुन म्याँ म्याँ को चिच्याहट हुन्छ, त्योबाट मेरा कानलाई जोगाउन बाहेक विकल्प देखिंन । किनकी त्यो मैले सहन सक्ने दृश्य नै हैन । यो दृश्यबाट थोरै आझेलमा गए । नजिकै रहेको स्पिकरलाई ठूलो पारेर बजाएं ताकि खसीको रोदन मेरा कानले रत्तिभर सुन्न नपाओस् । सायद त्यसको रोदन यहि भाँडोको आवाजसंगै मिलेर कँहि बिलायो । जे होस् मैले सुनिंन । मैले के संगीत बजाएँ, याद छैन ।
एक मित्रले कति ठूलो आवाज हो सानो गर्नुस न भनेपछि म झस्किए । तर म चाहान्थें कि यो बज्ने भांडो यो भन्दा नि ठूलो बजोस्, म कहिलै कुनैपनि प्राणीको मृत्यु अघिको रोदन सुन्न नपाउं । आँखाबाट झर्न ठिक्क परेका आँशु लुकाउँदै म बाहिर निस्किएं कसैलाई पनि मेरो क्रियाकलापको छनक पनि थिएन । किनकी म म नै थिएं, म जस्ता अरु त्यहाँ कोही थिएन ।
बाहिरको दृश्य अझै टीठ लाग्दो थियो । अरुका प्राणमा उत्सव मनाइरहेका मनुवाहरु खसीका मांसपीण्डलाई सिन्कामा उनेर आगोमा पोलिरहेको दृश्यले मानिसको दया, करुणा र संवेदना त्यही आगोमा पोलिएको भान भयो । दुनियांको चेतनशील प्राणी मानिस अरु चेतना नभएका प्राणीहरुको रक्षक हुनुपर्नेमा भक्षक भएको देखेर अति दुःख लाग्यो । अन्न पानीले शक्ति दिने शरीर मांशपीण्डले नै बनेकोले मांशाहार सेवन गर्न हँुदैन । मांशाहारको प्रकृति मानिसको शरीरको हुंदै होइन । शरीरलाई सह्य हुँदैन र जीव मर्ने बेलामा त्रास र डर लिंदै मर्ने र त्यो डर त्रास युक्त आहार सेवन गरेसंगै शरीर भित्र प्रवेश गर्ने हुनाले मांशाहारपछि व्यक्तिले आराम महशुस गर्न नसक्ने विज्ञान थाहा नभएको होकी के हो ? यो कुरा मैले बुझ्न सकिन । मलाई यसै यसै उदेक लागेर आयो ।
मांशाहार र मादक पदार्थको संयोजनले बिग्रदै गएको व्यक्तिगत शारिरीक र मानसिक सन्तुलन, हराउँदै गएको संस्कृति, बढ्दै गएका सामाजिक कुरीति र भड्कंदै गएको सामाजिक सद्रभावका साथै अति स्वतन्त्रतामा व्यक्तिले आफुलाई सम्हाल्न नसकेका घटनाहरु मैले राम्रैसँग अनुभव गर्न पाए । जीवन एउटा भोगाइ नै त हो सधैं आफूले चाहेजस्तो हंदैन । सिक्न जान्यो भने हरघटना जीवनको एउटा सिख हो भनेर मनलाई बुझाउँदै देखावटी हाँसो सहित केहि तितामिठा अनुभव संगाल्दै त्यो दिन मैले सोचेभन्दा फरक साथै थोरै पनि खुसी र आनन्द तान्न नमिल्दै बित्यो ।
कसैसंग पनि मेरो भाइब्रेसन नमिलेको महसुुुस गर्दै त्यो दिन सकियो । बकुल्लाको बथानमा काग जस्तो महसुस गरें आफैंलाई । सांझ सबै जना आफूसंग प्राण लिएरै फर्किए तर त्यो खैरे खसी अहँ फर्कन पाएन । फरक फरक परिकार बनेर त्यो सबैको पेट पेटमा पुगेर बिलायो । म जीन्दगीमा पहिलो पल्ट सांच्चीकै दुःखी थिए, किनकी मेरा आँखा अगाडि नै त्यो सांझ सबै फर्किए तर त्यो खैरो खसी अहँ फर्किएन ।