हरेक मान्छे हरेक क्षेत्रमा काम गरहेको हुन्छ । आफूले गरीरहेको कामको सफलता मिलोस् भन्ने चाहाना सबैमा हुन्छ । सबै मान्छेमा कुनै न कुनै विज्ञता र विशेषता हुन्छ । सबै मान्छे सबै क्षेत्रमा सफल र योग्य हँुदैनन् । हरेक व्यक्तिमा कुनै खास किसिमको विशेषता र योग्यता भने अवश्य नै हुन्छ । हरेक व्यक्तिले पाउने सफलतामा उसको दृष्टिकोणको भूमिका हुन्छ । हामीले हाम्रो दृष्टिकोण सकारात्मक बनाउन सक्यौं, हरेक कुरालाई सकारात्मक रूपले बुझयौं र व्यवहार पनि सकारात्मक नै बनाउन सक्यौं भने पक्कै पनि हामी सफलतामा पुग्न सक्छौ । मान्छेको असफलतामा ८५ प्रतिशत भूमिका उसको दृष्टिकोणकै रहेको हुन्छ, भने बाँकी १५ प्रतिशत भूमिका तथ्य, आँकडा विषयवस्तुको जानकारी औपचारिक शिक्षादिक्षाको रहेको हुन्छ । दृष्टिकोण मान्छेको जीवनमा विशेष महत्व राख्ने विशिष्ट शब्द हो । यसले मान्छेको जीवनको हरेक पक्षलाई समेटेको हुन्छ । मान्छेले काम गर्ने हरेक क्षेत्रलाई दृष्टिकोणले ओगेट्न सक्छ । असल अथवा सकारात्मक दृष्टिकोण बिना कुनै व्यक्ति योग्य र सक्षम बन्न सक्दैनन् । सकारात्मक सोच–विचार र दृष्टिकोण विनाका कर्मचारी, अधिकृत, शिक्षक, विद्यार्थी, प्रहरी, नेता, मन्त्री र जुनसुकै व्यक्तिको भूमिका सहि तरिकाले निर्वाह हुन सक्दैन । मान्छे असल बन्नका लागि उसको सोच विचार र दृष्टिकोण असल हुनु पर्दछ ।
विडम्बना पछिल्लो समय धेरै व्यक्तिहरूले हरेक कुरालाई नकारात्मक सोचले हेर्ने, मूल्याङ्कन गर्ने, नकारात्मक टिप्पणी गर्ने, आलोचना गर्ने, नकारात्मक सन्देश फैलाउनेलगायतका कार्य गरेको पाइन्छ । कसैले गरेको राम्रो कामको पनि नकारात्मक टिप्पणी गर्ने र विरोध गर्ने, राम्रो काम गर्ने व्यक्तिहरूको खुट्टा तान्ने, हतोत्साहित गर्ने नराम्रो प्रचार गर्ने मान्छेहरूको पनि कमी छैन । राम्रो कुरा, विचार, सूचना र कामहरूको भन्दा नकारात्मक कुराहरूको सूचना बढी प्रवाह गर्नेहरूको पनि होडबाजी चलिरहेको देखिन्छ । यसले पक्कै पनि समाज र समाजमा बस्ने मान्छेहरूमा राम्रो सन्देश जाँदैन । नकारात्मक सोच राखेर गरिने हरेक गतिविधि र क्रियाकलापले सो कार्य गर्ने व्यक्तिलाई क्षणिक रूपमा केही सन्तुष्टि प्राप्त होला तर आम समाजलाई त्यसले नकारात्मक सन्देश पैदा गरेको हुन्छ र सामाजिक रूपमा फाइदा गर्दैन । झन अहिलेको विषम परिस्थितिमा नकारात्मक समाचार, सूचना र नकारात्मक गतिविधिहरूले मान्छेलाई आतंकित बनाइरहेको छ । नकारात्मक सूचना र जानकारी तथा गतिविधिहरूले मान्छेको मनोबल कमजोर बनाउने, मानसिक रूपमा समस्या पैदा गर्नेलगायतका असर गरिरहेको छ । त्यसैले नकारात्मक सोच, नकारात्मक सूचना, नकारात्मक समाचार र नकारात्मक गतिविधिको पछाडि लाग्नु भन्दा सधैँ सकारात्मक सोच्ने, सकारात्मक सूचना प्रवाह गर्ने, सामाजिक हित हुने र सबैको सम्मान हुने काममा व्यस्त हुँदा आफू र अरूलाई फाइदा पुग्छ ।
दृष्टिकोण सकारात्मक छ भने हामीले हरेक क्षेत्रमा सफलता पाएको महसुुस गर्न सक्छौं भने दृष्टिकोण नकारात्मक भएमा हरेक कुरालाई समस्याको रूपमा मात्र देख्न पुग्छौं । हो हामी सबैको दृष्टिकोण सकारात्मक किसिमको अवश्य पनि हुन सक्दैन । सधैँ अरूकै खेतबारी हरियो देख्ने, अरूकै बालीनाली र वस्तु राम्रो मान्ने मानवीय स्वभाव हुन्छ । हामी हरेक दिन अरूकै वस्तुसँग लोभिने गर्दछौं । अरूले गरेको प्रगतिलाई देखेर सहन नसक्ने हाम्रो स्वभाव नै गलत छ । मान्छे जन्मशिद्ध दृष्टिकोण बोकेर आएको हुन्छ तर गलत दृष्टिकोण भने अवश्य हैन । उसको दृष्टिकोणलाई वातावरण, अनुभव र शिक्षाले निधारण गर्दछ । घर, परिवार, विद्यालय काम गर्ने क्षेत्र, सञ्चार माध्यम, परम्परा र मान्यता, राजनैतिक, सामाजिक वातावरण आदिको प्रभावले व्यक्तिको दृष्टिकोण निर्धारण हुने गर्दछ । राम्रो वातावरणमा काम गर्ने, सकारात्मक सोच्ने र समय बिताउने अवसर पाउन सकेको खण्डमा मान्छेको दृष्टिकोण पनि सकारात्मक हुने गर्दछ । हरेक कुरालाई नकारात्मक सोच्ने र नराम्रो वातावरणमा घुलमिल हुने अवसर प्राप्त हुन पुगेमा दृष्टिकोण र व्यवहार पनि नकारात्मक हुने गर्दछ । कुनै घरपरिवारका सदस्यहरू इमान्दार र शिष्ट पाइन्छन् भने कुनैमा सधैँ झगडा भइरहने र किचलो भइरहने पाइन्छन् । समाज र राजनीतिमा इमान्दारिता छ भने त्यहाँका सदस्यहरू पनि इमान्दार हुन्छन् । सकारात्मक वातावरणमा साधारण मान्छेले पनि आफ्नो कार्य क्षमता बढाउन सक्छ । नकारात्मक वातावरणमा छ भने सक्षम व्यक्ति समेतको कार्यक्षमता गुम्न पुग्दछ । त्यसै गरी हाम्रो दृष्टिकोण बदल्नमा अनुभवले पनि भूमिका निर्वाह गरेको हुन्छ । कुनै व्यक्तिको सुखद् अनुभवबाट हामी ऊ प्रति सकारात्मक दृष्टिकोण राख्छौं भने नकारात्मक अनुभवबाट हामी सावधानी अपनाउन पुग्छौं । मान्छेको सकारात्मक दृष्टिकोणले उसको व्यक्तित्व आकर्षक बनाउने काम गरिरहेको हुन्छ । साथै सकारात्मक दृष्टिकोण राख्ने मान्छे सधैँ उत्साहित, जागरिलो र आनन्दको अनुभव गरीरहेको हुन्छ । जसको कारणले वरिपरिको व्यक्तिहरूले उत्प्रेरणा पाइरहेका हुन्छन् । सकारात्मक दृष्टिकोणले व्यक्तिको व्यक्तिगत जीवनमा मात्र नभई उसले काम गर्ने कार्यलय र संस्थाका लागि पनि फाइदा गरेको हुन्छ । विडम्बना हाम्रो दृष्टिकोण सकारात्मक हैन नकारात्मक भैदिन्छ । नकारात्मक दृष्टिकोण्ले गर्दा हाम्रो सम्बन्धमा रिक्तता बढने, जीवन उद्देश्यविहीन बन्नु, स्वास्थ्यमा खराबी आउने, सधँै तनाव बढ्दै जाने गर्दछ । नकारात्मक दृष्टिकोण राख्नाले घर परिवार र छिमेकीमा मनमुटाव हुने, सम्बन्ध बिग्रेने, काम गर्ने ठाउँमा वातावरण असहज बन्ने गर्दछ । हामी सधैं परिवर्तनको विरुद्धमा हाम्रो दृष्टिकोणलाई विकास गरीरहेका हुन्छौं । हामी जहिले खराबीहरूको बीचमा बाँचीरहेका हुन्छौं । हामीले बाल्यकालमा जस्तो दृष्टिकोण बनाएका हुन्छौं त्यो जीवनभर हामीसँगै रहने गर्दछ । बाल्यकालमा सकारात्मक दृष्टिकोण बनाएका व्यक्तिहरू साँच्चिकै सफलतामा पुग्न सक्छन् भने नकरात्मक दृष्टिकोण बकेका व्यक्तिहरू सधँै अप्ठेरोमा परिरहेका हुन्छन् । नकारात्मक दृष्टिकोण बोकेका व्यक्तिहरूले आफ्नो दृष्टिकोण बदल्न सक्दैन भन्ने चाहिँ हैन । पक्कै पनि नकारात्मक दृष्टिकोण भएका व्यक्तिले दृढतापूर्वक सकारात्मक दृष्टिकोण अपनाउने प्रतिबद्ध भएमा दृष्टिकोण बदल्न सकिन्छ । आफ्नो दृष्टिकोण कस्तो बनाउने भन्नेमा जिम्मेवार हामी आफंै हुन्छौं । हामीले आफ्नो व्यवहार र कामको जिम्मेवारी स्वीकार गर्न सक्नु पर्छ, अरूको अस्तित्व स्वीकार गर्नु पर्दछ । कतिपय मान्छेहरू आफूले गरेको गल्तीको दोष अरूलाई थुपार्न पुग्दछन् । नकारात्मक दृष्टिकोण भएका व्यक्तिहरूले असफलताको दोष पनि अरूलाई नै थोपर्दछन् । हामी जहिले पनि हरेक व्यक्तिलाई र वस्तुलाई गलत ढंगले चिन्ने, जहिले असफलता मात्र देख्ने र हरेक अवसर र भूमिकालाई समस्याको रूपमा देख्दछौं । हाम्रो जीवनमा धैरै सफलताका कथाहरू हुन्छन् तर हामी सफलताको कथा कहिल्यै बाहिर ल्याउदैनौं । मात्र असफलता र दुखका कथाहरू साथीलाई सुनाई रहेको हुन्छौं । मान्छेले जति राम्रो काम गरेको भए पनि उसको गल्ती निहाल्नमा हामी तल्लीन हुन्छौं । हामीले अरूले गरेको राम्रो कामको प्रशंसा गर्न कहिल्यै सिकेनौं र गरेनौं, मात्र खोट निहाल्न पुग्छौं । हामी समयको महत्वलाई बुझन्न सक्दैनौं । दैनिक रूपमा चिया पसलमा बसेर गफ छाड्ने, चिया चुरोट र मदिरा पिउनलाई स्वभाविक बनाउने बानी बसाल्न पुग्यौं । काम र अवसरलाई बोझको रूपमा लिन थाल्छौं । आजै गर्न सकिने काम भोलि गर्नु पर्ला भनेर थुपारेर राख्छौं । जसले गर्दा हाम्रो मनमा तनाव माथि तनाव थपिँदै गएको हुन्छ ।
हामी आशावादी बन्नुको सट्टा निराशावादी भइदिन्छौं । हामीले हाम्रो भाग्य रेखा कोर्नलाई अरू कसैलाई कुर्नु पर्दैन । त्यो हाम्रो आप्mनै जिम्वारी हो । हामीले हरेक कुरालाई आल्टालको रूपमा लिनु हुँदैन । हरेक कुरालाइलाई सकारात्मक रूपमा ग्रहण गर्न सकेको खण्डमा हामी अवश्य पनि सफल्ताको शिखरमा पुग्न सक्छौं । हामीले संधै वर्तमानमा बाँच्न सक्नु पर्दछ । हिजोको दिनमा मैले यस्तो गर्नु पथ्र्यो, यस्तो गर्न सक्थे, यस्तो हुन सक्थ्यो, फलानोले यस्तो गर्नुपर्ने, फलानोले यस्तो ग¥यो, उस्तो ग¥यो भनेर विगतको कुरालाई कोट्याएर बस्नु हँुदैन् । जति कुरा गरे पनि मान्छेको जीवनलाई सुखी र सफल बनाउनका लागि उसको दृष्टिकोण प्रशंसनीय र सकारात्मक बन्नै पर्दछ । सकारात्मक सोच राखेर काम गर्ने मान्छेले प्रतिफल पनि सकारात्मक नै पाउँछ भने नकारात्मक सोच राखेर काम गर्नेले प्रतिफल पनि नकारात्मक नै पाउँछ । हामी सबैले सफल र उज्जल जीवन बाँच्नको लागि आफ्नो सोच र दृष्टिकोण सकारात्मक बनाउनै पर्दछ । सकारात्मक कुराको थालनी हामी आफैबाट सुरुवात गरौं, सकारात्मक र अरूलाई उर्जा दिने सूचना र समाचार प्रवाह गर्न सिकौँ, अरूलाई कमजोर बनाउने होइन उत्प्रेरणा दिने कार्य गराँै । स्वस्थ र सुरक्षित बनौँ सबैको जय होस् ।