तिमीलाइ के थाहा आटाको गास मेरो
पहाडको झुपडीमा बसेको बास मेरो
मिठो खाने राम्रो लाउने रहर हुंदा हुंदै
फाटेर च्यातिएको लगाउने कपास मेरो
फुर्सद छैन तिम्रो जस्तै बस्न पाउने
रात, दिनै काम गरी थाकेको सास मेरो
शहरमा महल बनाइ कुर्सी मा आराम गर्छौ
तिमीलाइ के थाहा यति ठुलो आश मेरो
के नै थियो सौगात अरु यो मनले पाउने
रात दिनै माटो संग खेलेको लास मेरो