बिहानै उठेर हडिया बाबाको मन्दिर जानु आमाको दैनिकी होे । मन्दिर अगाडि ठेलामा चुरा, पोते, डोरी, धागो बेचेर दुईचार पैसा नकमाउने हो भने घर व्यवहार चलाउन धौधौ हुन्छ । आमालाई घर व्यवहार चलाउने मात्र होइन धेरै जिम्मेवारी छन् । दाइ पढाइको सिलसिलामा काठमाडौंमा बस्नु हुन्छ । बुवा रोगी र अशक्त भएर ओछ्यानमा लड्नु भएको छ । जिन्दगीको विवशता आफ्नै छ ।
म घरमा खाना पकाएर बिरामी बुवालाई खुवाएर अनि आफूले खाएर स्कुल जानु पर्ने । ९ कक्षाको पढाइ भएकोले एकदमै गाह्रो थियो । घरबाट स्कुल जान लगभग २५ मिनेट जति लाग्थ्यो । घरको कामकाज सकेर स्कुल जान सधैं हतार हुन्थ्यो मलाई । यसैबीच एक जना अमिर खान भन्ने केटासँग चिनजान बढेको थियो । ऊ १२ कक्षामा अर्कै कलेजमा पढ्थ्यो । ३÷४ महिनादेखि हामीबीच चिनजानसँगै फोनमा कुराकानी पनि हुन्थ्यो । मलाई सधैं हतार हुने भएकोले उसले आफ्नो मोटरसाइकलमा राखेर धेरै दिन स्कुलसम्म पुर्याइ दिएको थियो ।
एक दिन उसलाई फोन गरे तर उसको फोन सम्पर्क हुन सकेन । हतार हतार स्कुल पुगें । म स्कुल समय भन्दा केही ढिलो पुगें । सरले दुईचार कुरा सुनाउनु भयो । चुपचाप लागेर सुनें । मनमनै अमिर खानलाई सम्झेर रिस उठ्यो । स्कुल समयमा मोबाइल झोलामा लुकाएर राखेको थिएँ । कक्षा सकिनबित्तिकै फोन खोलेर हेरेको अमिरले धेरैपटक फोन गरेको रहेछ । स्कुलको गेटबाट निक्लेर अलि अगाडि आएर फोन गर्नै लागेको थिएँ फेरि उसैले फोन ग¥यो र आफू अगाडि अरहर घारीमा पर्खेको छु भन्ने कुरा बतायो । मलाई समय छैन भनेर घरतिर लागें । एकैछिनमा मेरो पछाडि आएर हर्न बजायो । अमिर खान मेरो नजिकै आइसकेको थियो । उसले बाइकमा बस्न आग्रह ग¥यो । मलाई चाँडै घर पुग्नु थियो फेरि उसलाई चिनेको पनि भएर म उसको बाइक पछाडि बसें ।
जब म बसें उसले बाइकको रफ्तार एक्दमै बढायो । अलि अगाडि पुगेपछि बाइक गल्लीको बाटोमा छिरायो । मैले उसलाई सोध्न खोज्थे कहाँ जाने भनेर तर उसले सुन्दै सुनेन । एक्कासि एउटा होटेलको पार्किङमा लगेर रोक्यो । कहाँ ल्याएको भनेर सोधेको एकजना साथी यहाँ बसेको छ उसलाई भेटेर जाने हो भन्यो । म यहीँ बस्छु तिमी गएर भेटेर आउ भन्दा मेरो पाखुरामा समाएर नाटक नगर हिँड् भनेर तान्यो । सडकका मान्छेले के सोच्लान भन्ने सोचेर म उसँग गएँ । होटलको माथिल्लो तलामा एउटा कोठा चुकुल मात्रै लागेको थियो त्यहीँ खोलेरभित्र लग्यो । अचानक यो के भइरहेको छ ? म सोच्नै सकिरहेको थिएन ।
भित्र पसेपछि ढोकाको चुकुल लगायो र मलाई जबर्जस्ती गर्न थाल्यो । के गरेको अमिर यस्तो भनेर म चिच्याउन खोज्दा उसले मलाई एक लात हानेर भुइँमा लडायो । चुपचाप लागेर बस नत्र तँलाई मार्दिन्छु भनेर मलाई टोक्न थाल्यो, मेरो घाँटीमा थिचेर स्वास फेर्ने गाह्रो बनायो । मेरो शरीरका कपडाहरू च्यात्न थाल्यो । उसले मलाई जति धम्की दिए पनि म चुपचाप लागिन तब उसले मेरा हातमा खुट्टाले कुल्चेर यातना दिन थाल्यो । म झनै कराउन थालें । तब उसले मेरो कुर्ता च्यात्यो र मुखमा बुजो लगाइदियो । अनि मुखबाट आवाज आउन पनि सकेन । मैले भएभरको बल निकालेर उसलाई हानें । झनै रिसाएर उसले आफ्नो जुत्ता निकालेर मेरो मुखैमुखमा हान्यो । बेल्ट फुकालेर जताततै मनपरि गरेर चुट्न थाल्यो ।
मुखबाट वाकवाक भइरहेको थियो । मेरो शरीरमा पीडा यति भयो कि म आफूलाई सम्हाल्नै सकिरहेको थिएन । कपाल तानेर ठाउँठाउँमा टोकेर कम्मर, छातीमा हानेर मलाई लखतरान बनाइसकेपछि उसले मेरा दुवै हातलाई पलङको खुट्टामा बाँध्यो र मेरो शरीरमा मनपरी जताततै गर्न थाल्यो । एकैछिनमा सिनोमा गिद्ध परेझै गरेर जबर्जस्ती ग¥यो । पीडा सहन गर्न नसकेर म छट्पटाइरहेको थिएँ । त्यतिबेला अचानक ढोका ढक्ढक गरेको आवाज आयो । होटेलको मान्छे आएको हुनुपर्छ । मेरा आँखा धमिला भइरहेका थिए । उसले मलाई छोडिसकेको थियो । अथाह पीडाले म तड्पिरहेकी थिएँ । शरीरका विभिन्न ठाउँबाट रगत बगिरहेको थियो । दुखाइको सीमा मापन भन्दा धेरै गुणा बढी थियो । मेरा आँखाहरू बिस्तारै बन्द भए । म बेहोस भएँ । त्यसपछि के भयो ? केही पनि थाहा भएन ।
तीन दिनपछि आँखा खुल्दा म अस्पतालको बेडमा थिएँ । आमाकोअनुहारमा आँसुका डोब प्रस्टै देखिएका थिए । लाज, ग्लानि र समाजको भयले व्याकुल बनाएको स्पष्टै देखिन्थ्यो । ब्राह्मण परिवार भित्र को यो कथा सहन लायक थिएन । आमाको आँखामा छोरी जन्माएकोमा पश्चाताप प्रस्टै देखिरहेको थियो । १४ वर्षे छोरीको इज्जत लुटिनु भनेको सारा कुरा ध्वस्त हुनु समान थियो । पत्रकार र केही मानव अधिकारकर्मीले मसँग कुरा गर्न खोज्दै गर्दा आमा हात जोडेर भन्दै हुनुहुन्त्यो,‘नाइँ यस्तो नगर्दिनुस् मेरो छोरी र हाम्रो बदनाम हुन्छ । यसलाई कसैले विवाह गर्दैन । समाजले हामीलाई बाँच्न दिने छैन ।’
हे भगवान् यो कस्तो समाज ? सोच म लुटिएको छु । म अन्यायमा परेको छु तर मेरै लाज किन ? हाम्रै परिवारलाई सरम किन ? अपराधी निस्फिक्री हिँड्न मिल्ने तर हामीले नैअनुहार लुकाउनु पर्ने किन ?
–एक पीडित किशोरी
#सांकेतिक तस्बिर