कविता : उस्तै गुनासो
बर्षौ बित्यो !
एकसरो लुगा फेरेको छैन
रातदिन हाड घोटेकै छ
उसको रहर पनि यो हैन
सबैले भन्छन !
कर्म गरे सबै पुग्छ
तर, भाग्य नभए त
आफ्नै जीन्दगीले आफैलाई थुक्छ !
कसैलाई त सुनको महल
यता छैन झुप्रो घर
खाना छैन, नाना छैन
जीन्दगी कै छैन भर !
कानूनमा सुनिएकै हो
समानताका कति कुरा
अर्को जुनि भयो भने
हुन्थ्यो कि त केहि पुरा !
मनका पीडा लुकाएर
कामै काम दिनरात
तर पनि पुग्ने होइन
खानलाई सुक्खै भात !
मिल्ने भए ज्यानै बेचि
बाच्ने थिए मैले
परिवार र समाज हेरि
हास्ने थिए मैले !!
– नेपालगन्ज