नेपालगन्ज/ यातायात मजदुरबीच झडप हुँदा एकको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका-२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका-४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । रावलको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट-डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा नलगाड-४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले बताए ।