जिसस बाँकेमा ज्ञानेन्द्र

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाएका थिए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा गाउँपालिका १ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जनता समाजवादी पार्टीले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरुलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित/अल्पसंख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएको थियो ।

  • २७ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech