नेपालगञ्ज/ नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिकाकाको आयोजनामा सोमबार देखि नेपालगञ्जमा नव उद्यमशालाको शुरु भएको छ ।
घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जका नगर अध्यक्ष दिला शाहको अध्यक्षतामा सो कार्यक्रमको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुुख अथिति नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिला उद्यमीहरुलाई आवश्यक सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा GIZ का आर्थिक विकास सल्लाहाकार रामचन्द्र लामिछाने र अन्तरप्रेरणाका कार्यक्रम अधिकृत असिम श्रेष्ठले यस क्षेत्रलाई आर्थिक बृद्धि बिकासका लागि उद्यमीहरुको सक्रियता आवश्यक रहेको बताउँदै नेपालगञ्जका उद्यमीहरुलाई आफ्ना साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्य, GIZ को सहयोग, अन्तरप्रेरणा प्रा.ली र नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका नगर समितिको संयुक्त आयोजनामा सो कार्यशाला शुरु भएको थियो । कार्यशाला दुईदिन सम्म चल्ने छ ।