काठमाण्डौं/नेपाली भाषा र साहित्यिकको जगेर्ना र विकासको टेवा पुर्याउने उद्देश्यका साथ समकालिन साहित्य चौतारी स्थापना भएको छ ।
कार्तिक २३ गते काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उक्त संस्था दर्ता भएसँगै संस्थाले बैद्यानिकता प्राप्त गरेको हो ।
साहित्यकार विमला चन्द सानुको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन भएको छ । साहित्यिक क्षेत्रका अग्रजहरूको सम्मानका साथै वहाँहरूका पदचापलाई पछ्याउँदै समकालीन साहित्यिक मनहरूसँग सहयात्रा गर्ने उद्धेश्यका साथ उक्त संस्था स्थापना भएको हो ।
उक्त संस्थाको उपाध्यक्षमा प्रमोद ढकाल, बिराटनगर, सचिवमा अलख निरन्जन लोहार, कैलाली, कोषाध्यक्षमा सिर्जना नेपाल सुवेदी, इटहरी रहेका छन् भने सदस्यहरुमा क्रमशः कुमारी चेम्जोङ्ग, झापा, तपेन्द्र मलाती, अछाम, ज्योती खवास इटहरी, शारदा भट्टराई, बिराटनगर र बिरेन्द्र विवश अछाम रहेका छन् ।
२०७७ सालमा बिमला चन्द सानुज्यूको परिकल्पनामा समकालीन साहित्य चौतारी नामको फेसबूक पेज खोलेर फेसबूक प्रत्यक्ष प्रसारण शुरु गरिएको साहित्यिक यात्रा ७०८ औं शृङ्खला सम्म पुग्न सफल भएको छ । यसको उद्धेश्यआफ्ना अग्रज साहित्यकारहरुको सम्मान समकालीन सर्जकसङ्ग सहकार्य र अनुज सर्जकका लागि विशाल मंच उपल्ब्ध गराएर साहित्यिक मनहरु सङ्गको समधुर सम्बन्धलाई अझै बलियो बनाउने रहेको थियो ।
यसै क्रममा समकालीनको लाईभमा विभिन्न साहित्यिक सर्ककहरु बिमला चन्द सानू, अलख निरन्जन लोहार टीकापुर, विजय खड्का गगन गुल्मी, मिरा बराल चितवन, टंक चन्द अमेरिका, भुमिराज तिमिल्सिना, उमेश बिश्वकर्मा, मीन बहादुर थापा मिलन टीकापुर, कुमारी चेम्जोङ्ग विस्मृती झापा, सानू जोशी कंचनपुर, सरु रोकाया, बिरेन्द्र विवश, ज्योती खवास, सिर्जना नेपाल सुवेदी, शारदा भट्टराई, तपेन्द्र मलाती, हरि सुनार र पुरुषोत्तम उपाध्याय दाहाल लगायतले साहित्यिक रचनाहरु प्रस्तुत गर्दै आएका छन् । हाल उक्त साहित्यिक कार्यक्रम ७० हजार भ्यूज सम्मको अन्लाईन कार्यक्रम बन्न पुगेको छ ।