गलत कामलाई अस्विकार गर्न मूख्य मन्त्री शाहीको आग्रह

असल शासन प्रतिनिधि

सुर्खेत/कर्णाली प्रदेशका मूख्य मन्त्री जीवन बहादुर शाहीले गलत कामलाई अस्विकार नगरे सम्म देशमा सुशासन बहाली हुन नसक्ने बताएका छन् ।

बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मूख्य मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

भ्रष्टाचारका कारण धेरै भएको उल्लेख गर्दौ मुलुकलाई नमुना बनाउने अभियान संचालन गर्नका लागि सबै सदाचारी हुनु पर्ने उनले बताए ।

मूख्य मन्त्री शाहीले मन-मनमा भ्रष्टाचार विरुद्धको प्रतिबद्धताको बास बस्नु पर्ने बताए ।  यत्र-तत्र भ्रष्टाचार हाबी भएको कुरा उल्लेख गर्दै भ्रष्टाचार बिरुद्ध सबै एकजुट हुन आव्हान गरे ।

बास नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा सम्पन्न सम्मेलनमा  सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढा, नेपाल सरकारका पुर्व सचिव तथा राष्टिय सुचना आयोगका पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा, प्रदेश सभा सदस्य सन्तोषी शाही लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव तथा राष्टिय सुचना आयोगका पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा, मूख्य मन्त्री कार्यालयका उप सचिव नेत्र कार्की, आवाज संस्थाकी कार्यकारी निर्देशक पबित्रा शाही, नेपाल बिमा प्राधिकरणका निमित्त प्रमुख राजेन्द्र महर्जन, अखितयार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शिबनाथ पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगा राम सुनार, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले संचालन गरेकि कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गरेको छ । बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech