कुनै पनि व्यक्तिको बाल्यकालको बानी व्यवहारले उसको भविष्यलाई निर्धारण गर्दछ । एउटा बालकले भविश्यमा आफ्नो कस्तो पहिचान कस्तो बनाउँछ भन्ने कुरा उसले बच्चैदेखि प्रस्तुत गर्न शुरु गर्छ “हुने बिरुवाको चिल्लो पात” भन्ने त उखान नै छ । मेहनत, इमान्दारिता र लगनशिलताबाट नै हरेक व्यक्ति सफलताको शिखरमा पुग्न सक्छ । मानिसलाई सफल बनाउने कि ? असफल बनाउने भन्ने मुख्य भूमिका परिवारमा रहेका अभिभावकहरुको हातमा हुन्छ ।
असल शिक्षा, उचित वातावरण र संस्कारमा हुर्किएको हरेक ब्यक्ति समाजको उदाहरणिय पात्र बन्न सक्छ । मध्यम परिवारमा जन्मिएर राम्रो वातावरण र संस्कारमा हुर्किएका ब्यक्ति हुन् ओम प्रकाश देवकोटा । हरेक ब्यक्तिको बाल्यकालमा कुनै न कुनै उद्देश्य हुन्छ । हरेक मान्छेलाई बाल्यकालमा सोध्यो भने म यो बन्छु, त्यो बन्छु भन्छन् । देवकोटाको बाल्यकालमा म यहि बन्छु भन्ने कुनै इच्छा थिएन ।
परिश्रम र मेहनत गर्दै जाँदा जे भइन्छ त्यसैमा रमाउने इच्छा र चाहाना थियो उनको । सानैदेखि पढाइमा अब्बल देवकोटामा उमेरले परिपक्क बन्दै जाँदा सरकारी जागिरमा जानु पर्छ भन्ने इच्छा जागेर आयो । भनिन्छ “जहाँ इच्छा त्यहाँ उपाय”छोटो समयको मेहनतबाट देवकोटाको सरकारी जागिरमा जाने इच्छा पुरा भयो ।
देवकोटा हाल राप्ती सोनारी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । बुबा स्व. डिल्ली प्रसाद देवकोटा र आमा पार्वती देवकोटाको कोखबाट दैलेख जिल्लाकोे साबिक लाँकुरी गाविस वडानं ५ हाल डुँगेश्वर गाउँपालिका २ उम खाँक्रामा वि.स.२०३५ साल बैशाख २४ गते जन्मिएका देवकोटा सरकारी सेवा संगै खेलकुद,समाज सेवा र सृजनानात्मक काममा रुचि राख्छन् ।
२ छोरा र ४ छोरी मध्येका उनी जेठा सन्तान हुन् । देवकोटा ५ वर्षको हुँदा उनकोे परिवार २०४० सालमा बाँकेको साविकको सीतापुर गाविस हाल खजुरा गाउँपालिका वडा नम्बर २ को एगाउँमा बसाइ सरी आएका थिए । लामो समय सीतापुरमा बिताएका देवकोटा २०६६ सालदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा बस्दै आएका छन् । उनी छोटो समयै सबैसंग घुलमिल हुन सक्ने, अरुलाई प्रभावित पार्न सक्ने र सामाजिक भावना भएका एक सरल, ईमान्दार, कर्तव्यनिष्ठ, कर्मठ राष्ट्रसेवक हुन् । सरकारी सेवाको क्रममा जहाँ गयो त्यहाँ राम्रो छवी बनाउन सफल देवकोटा सबैका प्रिय ब्यक्ति हुन् ।
प्राथमिक तहसम्मको अध्ययन नेपाल राष्ट्रियपशुपति प्राथमिक विद्यालयसीतापुर एगाउँमा गरेका देवकोटालेजनता मा.बि. सन्तकुटी खजुराबाट २०५१ सालमा एसएलसी पास गरेका थिए । पढाइमा एकदमै मेहनत गर्ने देवकोटा पढाइमा संधै अब्बल थिए । कक्षा १ देखि ६ सम्म कक्षामा जहिले दोश्रो र कक्षा ७ देखि आइए सम्म कक्षामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी हुन् देवकोटा ।एसएलसी पास भएपछि महेन्द्र बहुमुखी क्याम्पसनेपालगंजबाट आइए देखि स्नाकोत्तर सम्म र कानूनमा स्नातक (एल एल बी) पुरा गरेको छन् । आरडी र राजनीति शास्त्रमा स्नाकोत्तर गरेका देवकोटाले त्रिभुवन विश्वविध्यालयबाट जनप्रशासन स्नातकोत्तर तह (एमपिए) र जापानबाट अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर) विषयक दुइ वर्षे स्नातोकोत्तर कोर्ष गरेका छन् ।
मध्यम परिवारमा जन्मिएका उनले घरमा प्रयाप्त पैशा नहुँदा पनि बाल्यकालमा कुनै कुराको अभाव महशुस गर्न परेको थिएन । उनको बाल्यकाल जन्मथलोमा पढाइसंगै गाई बाख्रा र भैसीको गोठालो जाने, घाँसपात गर्ने, खेती पातीको काममा सघाउदै, ग्रामीण परिवेशमा रमाउदै, खेलकुद खेल्दै बितेको थियो। उनको परिवारमा न सरकारी न नीजि जागिर गर्नेब्यक्ति कोही थिएन । उनकाबुवा, आमाले नितान्त कृषि पेशालाई अँगालेका थिए । प्रसस्त जग्गा जमिन भएकाले सिजन अनुसारको खेतिपाती गर्ने, तरकारी खेती गर्ने, प्रसस्त भैसी, गाइ, वाख्रा र कुखुरा पाल्ने पेशा उनको परिवारको थियो । आफुलाइ खान पुगेर अन्न अनाज, तरकारी, दुध, खसी र कुखुरा बचेर आम्दानी भएको रकमबाट घर खर्च र छोराछोरीको पढाइ खर्च चलाउने गरेको उनको परिवारको अरु कुनै पेशा, ब्यवसाय थिएन । देवकोटाका बुवा आमाले कृषि पेशाबाटै आफ्ना सन्तालनलाइ बाल्यकालमा कुनै किसिमको अभाव हुन दिएनन् । देवकोटाकी ६५ वर्षीय आमा अहिले पनि खजुराको घरमा कृषि पेशालाइ सम्हाली रहेकी छन् । उनका भान्जाहरु दिल बहादुर पौडेल र सन्त बहादुर पौडेल सरकारी जागिरे भएका कारण भान्जाहरुको सहयोग र प्रेरणाले देवकोटा निजामती सेवाप्रति आकर्षित भएका थिए ।
सानै देखि पढाइमा अब्बल र रचनात्मक काममा सक्रिय देवकोटाले २०५५ सालमा २० वर्षको कलिलै उमेरमा मुखिया पदबाट निजामती सेवामा प्रबेश गरी जिल्ला हुलाक कार्यालय बाँकेबाट आफ्नो सरकारी सेवाको शुभारम्भ गरे । उनले यस अवधिमा बिभिन्न जिल्लामा गाविसको सचिव, जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासकीय अधिकृत,भूमिसुधार कार्यालय बाँकेमा सहायक भूमिसुधार अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवार, काठमाडौंमा मन्त्रीको निजी सचिव,बिभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सफल जिम्मेवारी बहन गरिसकेका छन् भने २०७९ फागुन अन्तिमदेखि बाँकेको राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा कार्यरत छन् ।
देवकोटाले सरकारी सेवामा काम गर्ने दौरानमा थुप्रै अनुभव बटुलेका छन् । जागिरे जीवनको शुरुमा बि.सं. २०५५ मा जिल्ला हुलाक कार्यालयमा मुखिया पदमा कार्यरत रहंदा उनले चिट्ठी पत्र स्थानगत सर्टिङ गर्ने काम गथ्र्ये । उक्त कार्यालयमा काम गर्दा छोटो समयमैसबै कर्मचारी र सेवाग्राहीको मन जित्न सफल भएका थिए । करिव ४ वर्ष उक्त हुलाक कार्यालय र मातहतमा काम गरेका देवकोटाले सुरुको ४ वर्ष सेवा कालको आधार वर्षको रुपमा लिएर अगाडि बढे ।
सार्वजनिक ओहोदामा बसेका अधिकारीहरु आफ्नो जिम्मेवारी र कर्तव्यबाट बिमूख हुने,विभिन्न लोभ लालच, आरिसमा फस्नेर घमण्ड मौलाउने संस्कारको विकास भईरहेका बेला उनले सेवाग्राही र समाजको बीचमा राम्रो छवी बनाएका छन् । देवकोटाले जहाँ जहाँ काम गरे, त्यहाँ केही न केहीनयाँ र सकारात्मक काम गरेर छाप छोड्न सफल भएका छन् । नागरिकहरुका कुरा सुन्ने, सूचनाको हकको कार्यान्वयन गर्ने, पारदर्शिता र जवाफदेहितालाइ आत्मसाथ गर्ने, गुनासो तत्काल सुनुवाई गर्ने, नम्र भएर बोल्ने स्वभाव देवकोटामा रहेको पाइन्छ ।
उनले बि.सं. २०५९ मा खरिदार पदमा छनौट भई अछाम जिल्लाको तत्कालिन वावला गाविसमा गाविस सचिवको जिम्मेवारी पाएका थिए । गाविस सचिवको रुपमा कार्यरत रहेकै समयमा २०६१ बैशाखमा नायब सुब्बामा छनौट हुन सफल देवकोटाले २ वर्ष कालिकोट जिल्लाको साविकको कुमालगाउँ गाविसमा गाविस सचिव भइ काम गरे । सेवासंगै उनले आफ्नो पढाइलाई समेत निरन्तता दिँदै गए । कालिकोटमा कार्यरत रहदै गर्दा २०६३ सालमा शाखा अधिकृत पदमा लिखितमा नाम प्रकाशित भएपछि अन्तवार्ताको तयारीका लागि उनले सामान्य प्रशासन मन्त्रालयमा सरुवा मिलाएका थिए । दुःखको कुरा त्यसवर्ष उनको शाखा अधिकृत हुने सपना पुरा भएन र असफल हुन पुगे ।
५ महिना मन्त्रालयमा काम गरेका देवकोटा नासु पदमै २०६३ माघदेखि २०६८ भदौ सम्म जिल्ला वनस्पति कार्यालय बाँकेमा काम गरे । २०६८ भदौमा शाखा अधिकृत पदमा छनौट भई सामान्य प्रशासन मन्त्रालयमा रिफारिस भएका थिए । २०६९ बैशाख देखि २०७१ श्रावणसम्म भूमिसुधार कार्यालय नेपालगन्जमा सहायक भूमि सुधार अधिकारीको रुपमा कार्य गरेका देवकोटाले २०७१ देखि साढे २ वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ३ जना मन्त्रीको निजी सचिव, मन्त्रालयका विभिन्न शाखा तथा पर्यटन विभागमा काम गरेका थिए । खुल्ला प्रतिस्पर्धाबाट छनौट भई जापान सरकारको छात्रवृत्तिमा २०७४ देखि २०७६ सम्म रित्सुमैकन विश्वविद्यालय क्योतो जापानमा २ वर्ष बिताएका देवकोटा अध्ययनबाट फर्किएपछि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित २०७६ पुषमा जिल्ला प्रशासन कार्यालय जुम्लामा सरुवा भइ गएका थिए । देवकोटाले जुम्लाको १ वर्षको बसाइमा जिल्लाबासीसंग सुमधुर सम्बन्ध बनाउन सफल भएका थिए । जिल्ला प्रशासन कार्यालय जुम्लामा रहँदा सूचनाको हक सम्बन्धिको ऐन, २०६४ अनुसार हरेक ३÷३ महिनामा स्वतस्फुर्त प्रकाशन गर्नुपर्ने स्वतः प्रकाशन र जिल्ला प्रशासन कार्यालयले गरेका गतिबिधि समेटिने गरी अर्धवार्षिक र वार्षिक बुलेटिन प्रकाशन गर्ने संस्कारको थालनी गरेका थिए । कोरोना महामारीको पहिलो चरणमा उनले पुर्याएको योगदानको जुम्लावासी मुक्तकण्ठले तारिफ अहिले पनि गर्दछन् । २०७७ माघदेखि २०७८ पौषसम्म जिल्ला प्रशासन कार्यालय बर्दियामा सेवा गरेका थिए ।
विभिन्न निकायमा काम गरेको अनुभव बटुलेका देवकोटा बि.सं. २०७८ माघ देखि २०७९ फागुनसम्म सिम्ता गाउँपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गरे । स्थानीय तह आफैले बिभिन्न कानुनहरु बनाउन सक्ने अधिकार भएपनि कानुनको अभाव भएको सिम्ता गाउँपालिकामा ५७ वटा कानुन देवकोटाको संगलग्नता तथा पहलमा निर्माण भएका थिए ।
बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको साझेदारी, कर्णाली पाइलट प्रोजेक्ट पालिकामा भित्रयाइ पालिकाको विकासमा टेवा, प्रत्येक हप्ता विषयगत शाखा प्रमुखहरुसंग बैठकको थालनी, हरेक महिना विषयगत तथा क्षेत्रगत कर्मचारीहरुसंग छुट्टाछुट्टै बैठक तथा समीक्षा गर्ने, हरेक ३/३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन, पालिकामा छुट्टै स्तनपान कक्ष सञ्चालन, न्यायिक समितिको सबै काम डिजिटाइजेसन (सफटवेर) मार्फत गर्ने, लगायतका सुधारात्मक कार्यहरु देवकोटासिम्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भएका थिए ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका ९ स्थानीय तहमा ९औँ नम्बरमा रहेको सिम्ता गाउँपालिकालाई जिल्लाको दोश्रो बनाउन सफल देवकोटा सिम्तामा रहँदा राम्रो छाप छोडेकै कारण सिम्ताका नागरिकहरुले अहिलेपनि उन्लाई सम्झिरहन्छन् ।
देवकोटा २०७९ फागुनको अन्तिम सातादेखि बाँकेको राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन्। जो प्रमुख प्रशासकीय अधिकृत आएपनि छोटो समयमै सरुवा हुने गरेको राप्ती सोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवकोटा आएपछि उनले पालिकाका सबैको मन जित्ने गरी सुधारान्मुख कामको थालनी गरेका छन् ।
सिम्तामा रहँदा गरेका राम्रा कामको निरन्तरता उनले राप्ती सोनारीमा पनि दिएका छन् । देवकोटा जुन कार्यालयमा कार्यरत रहे त्यो कार्यालयमा सबैसंग राम्रो सम्बन्ध स्थापित गर्दै जनताको मन जित्ने गरी शत प्रतिशत मन लगाएर काम गनुपर्ने सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढे । स्थानीय तहमा काम गर्दा धेरै चुनौतीहरुसंगै अवसरहरु भएको बताउने देवकोटाका अनुसार अन्य निकायमा केहि नयाँ कार्य गर्ने योजना बनाउँदा स्रोतको अभाव हुने तर स्थानीय तहमा राम्रो सोच र योजनाको लागि स्रोतको अभाव नहुने बताउँछन् ।
पालिकामा कानुन नबनेको विषयमा कानुन बनाउने, आवधिक योजनाको आधारमा वार्षिक नीति तथा योजनाको तर्जुमा गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, खोप केन्द्रको भवन निर्माण गर्ने, पालिकाका समग्र योजनाको विवरण तयार गरी अभिमुखीकरण गर्ने, स्थानीय सरकारसंग सम्बन्धित कानुनहरुको वारेमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण गर्ने, सबै वडामा वर्षको १ पटक वडा स्तरीय र वर्षको ३ वटा फरक, फरक स्थानमा पालिका स्तरीय सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने, कर शिविर सञ्चालन गर्ने, सामुदायिक वनसंग मिलेर सामाजिक विकास कोष मार्फत काम गर्ने, साझेदार संस्थाहरुसंगको साझेदारी बृद्धि गर्ने, कर्मचारी ब्यवस्थापन गर्ने लगायतका आगामी मुख्य योजना रहेको देवकोटा बताउँछन् । देवकोटा मात्रै यस्ता प्रमुख प्रशासकिय अधिकृत हुन् जो गाउँमै बसेर सेवा दिईरहेका छन्, यस अघिका सबै जस्तो प्रमुख प्रशासकिय अधिकृतहरु पालिकाको सवारी साधन र ईन्धनमा नेपालगञ्जबाट दैनिक पालिकामा सेवा दिन जान्थे जसबाट महिनामा ठूलो रकम खर्च हुन्थ्यो । यो क्रमलाई भंग गर्दै देवकोटा पालिकाकै क्वाटरमा बसेर सेवा दिईरहेका छन् ।
आमाले दिएको संस्कार र पत्नीले दिएको साहसले यहाँसम्मको यात्रा तय गर्न सहज भएको बताउने देवकोटा नेपाल सरकारले बनाएका नीति, नियम अक्षरशः पालना गरि जवाफदेहिता र पारदर्शिताका पक्षमा प्रतिबद्धदेवकोटा एक नमूना सरकारी अधिकारी हुन् ।
सहज र सरल तवरले नागरिकहरुसँगको भेटलाई बढवा दिँदा सहकार्यात्मक भावना अभिबृद्धि हुने गरेको बास्तबिकता उनले राम्ररी बुझेका छन् । सायद त्यहि भएर होला उनले नागरिक समाज, बिभिन्न सरकारी कार्यालय, सञ्चार माध्यम र आम नागरिकहरुसँगको भेटलाई कहिल्यै बोझ मानेनन् । स्थानीय तहमा भ्रष्टाचार हुने गरेको आरोप लाग्ने गरेको प्रश्नको जवाफमा देवकोटाले कानुनले गर भनेको काम नगर्ने र नगर भनेको काम गर्ने र आचारसंहिताको पालना नगर्ने अधिकारी र प्रतिनिधिहरुको कारण स्थानीय तहहरु बदनाम भएको बताउदै आफुले कहिल्यै पनि ब्यक्तिगत स्वार्थ र गलत नियत राखेर काम नगरेको बताए ।
गलत नियत नराखी सेवाभाव राखेर काम गरेकै कारण सरकारी सेवाो २५ वर्षको दौरानमा आफुमाथि कुनै पनि आरोप नलागेको बताउदै कानुनले गर भनेको काम गर्ने, नगर भनेका काम नगर्ने, आचारसंहिताको पालना गर्ने, बिधि र प्रक्रिया पुरा गरेर मात्रै काम गर्ने, प्रतिनिधि र कर्मचारीहरु मिलेर ब्यक्तिगत स्वार्थ नराखी संस्थागत हितलाई ध्यानमा राखी काम गरेमा सामाजिक जवाफदेहिता तथा सुशासन प्रवर्धन हुने देवकोटाले बताए ।
देवकोटा सेवाका क्रममा बिभिन्न संघ संस्था र निकायबाट सम्मानित भएका छन् । जागिरको सिलसिलामा देवकोटाले जापान, सिंगापुर, थाइल्याण्ड, भारत र नेपालकाअधिकांश जिल्लाको भ्रमण गरी त्यहांका अनुभवहरु आदान प्रदान गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
असल राष्ट्रिसेवक देवकोटाबाट नागरिकहरुले सधैं असल व्यवहार प्राप्त गरुन्, देवकोटालाई काममा सफलता मिलोस् हाम्रो शुभकामना ।