महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक व्यवहार परिवर्तन

रबिन्द्र बोहरा

जुम्ला/गुठिचौर गाउँपालिका अन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोप तथा अन्तरव्यक्ति संचार विषयक एक दिने अभिमुखिकरण प्रदान गरि सामाजिक व्यवहार परिवर्तन गर्न प्रशिक्षण प्रदान गरिएको छ । बास नेपालको आयोजनामा युनिसेफ नेपालको सहयोगमा संचालित सामाजिक व्यवहार परिर्वतन परियोजना अन्तर्गत गुठिचौर गाउँपालिकाको सहकार्यमा उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
२२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रदान गरिएको प्रशिक्षणको उद्घाटन सत्रमा गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी, स्वास्थ्य शाखाका प्रमुख बलराम नेपाली, इएनएफ सुर्खेतमा कार्यरत महेश शाही लगाएतको उपस्थिती रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखी खोप लगाएत बालबालिकामा नियमित कार्यक्रम तय गरी रहेको भए पनि विभिन्न संघसंस्थाको समेत ठूलो सहयोग यसमा रहेको बताउँदै युनिसेफ नेपालको सहयोगमा बास नेपालले समेत यस पालिकामा खोप मार्फत बाल संरक्षण कार्यक्रम लागु गरेकोमा खुसि व्यक्त गरिन् ।
उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै स्वास्थ्य शाखा प्रमुख बलराम नेपालीले लामो समयदेखि आफु स्वास्थ्यको क्षेत्रमा काम गर्दै गर्दा सामाजिक व्यवहार परिवर्तनको थुप्रो अनुभव भए पनि सामाजिक व्यवहार परिर्वतन एक चुनौतीको रुपमा रहेको भए तापनी विस्तारै मानिसहरुमा परिवर्तन आई स्वास्थ्यको क्षेत्रमा सामाज परिवर्तन भएको देख्दा खुसि लागेको बताए ।
उद्घाटन सत्रमा बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले स्वागत तथा अभिमुखिकरणको उद्धेश्य बारे जानकारी गराएको थिए भने उद्घाटन सत्रको सहजिकरण बास नेपालका सामाजि परिचालक अनिता बुढाले गरेकी थिइन् ।
गुठिचौर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलराम नेपालीले खोप, खोपको महत्वको बारेमा प्रशिक्षण प्रदान गरेका थिए भने बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले अन्तरव्यक्ति संचारका विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए । अभिमुखिकरणमा खोप तालिका तथा स्वस्थ्यको मुख्य विषयहरु खोप, सुरक्षित मातृत्व, पोषण लगाएतका विषयमा समूह कार्य गरिएको थियो ।
अभिमुखिकरणको समापनमा प्रतिक्रिया भनाई राख्दै जानकी चौलागाईले खोपका विषयमा आफुलाई पहिला नै केहि जानकारी भएको भए पनि खोप तालिकाको बारेमा प्रष्ट हुने मौका पाएको र अन्तरव्यक्ति संचार नौलो विषय भएकाले प्रशिक्षण निकै फलदाई भएको बताईन् ।
त्यस्तै अर्का सहभागी रमिता बोहराले तालिम प्रभावकारी रहेको र बैठक कसरी संचालन गर्ने, आफ्नो बानी कसरी परिवर्तन गर्ने तथा अरुको अनुभुती बझेर सोही अनुसार व्यवहार गर्ने कुराको सिकाई भएको बताउँदै सिकोका सबै कुराहरु गाउँघरमा दिदि बहिनीहरुलाई समेत सिकाउने बताइन् ।

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech