उनी २०३१ साल कार्तिक २ गते भारतको मधुवनीमा मारिएका थिए। उनी त्यो बेला भारतमा निर्वासित थिए। कांग्रेसले उनलाई तत्कालीन जनकपुर अञ्चलाधीश लीलाराज विष्टले भारतका गुण्डाहरुलाई पैसा खुवाएर मार्न लगाएको आरोप लगायो। त्यतिखेर अहिलेकै जस्तो सबै कुराको सारा दोष दरवार र अञ्चलाधीशहरुको टाउकोमा थुपारिदिपछि सबैले पत्याइहाल्थे। सरोजकाण्डमा पनि त्यस्तै भयो।
दरवार र अञ्चलाधीशमाथि त्यस्को दोष थुपारिदिएपछि उनी मारिनुका अन्यअन्य कारणहरू तर्फ कसैले ध्यान नै दिएनन्। अरु कसैलाई शंकै गरेनन्। स्यालको हुइयाँजस्तै सबैले…… अंचलाधीश अंचलाधीश……कै रट लगाइरहे। तर सगरमाथा अञ्चलको पारिपट्टि पर्ने मधुवनीसम्म आफ्नो एजेन्ट राखेर जनकपुर अञ्चलाधीशले सरोजलाई मार्न लगाए होलान् भन्ने कुरो त्यति पत्यार लाग्दो देखिन्न। नेपालको प्रशासनतन्त्रको पहुँच त्यति परसम्म पनि पुग्यो होला भन्ने लाग्दैन । त्यहाँसम्म पहुँच पुर्याउने प्रशासनले आफ्नो तबचनभत बनारसमा बसेका वीपीलाई बनाउँदो हो। किन कि कांग्रेसले गरेका हिँसात्मक गतिविधिको मुख्य कारक त वीपी नै हुन्।
यथार्थमा सरोज मारिनुको मुख्य कारण त कांग्रेसभित्रको शक्ति संघर्ष नै देखिन्छ। कांग्रेसले २०१८ सालदेखि २०३१ सालसम्म गरेका हिंसात्मक कार्यहरुको अग्रिम मोर्चामा कोइरालापरिवारका दुई जना युवा गिरिजा र सरोज नै थिए। यी दुई जनामा वीपीको प्रिय हुने र वीपीको सदाशयता पाएर नेतृत्वमा अगाडि बढ्ने होड र लालसा थियो। २०१८ सालमा राजा महेन्द्रको जीपमा बम हान्न लगाएपछि कांग्रेसको हिँसात्मक समुहमा गिरिजाभन्दा सरोज लोकप्रिय हुँदै गएका थिए।
वीपी पनि कांग्रेसको नेतृत्वमा ल्याउन आफ्ना भाइभतिजाहरुलाई अगाडि बढाउँदै थिए। अरु भाइभतिजामा त्यति क्षमता नदेखिएकोले गिरिजा र सरोजमैं मूख्य प्रतिष्पर्धा थियो। युवा उमेर, प्रतिभा र उर्जाको कुरामा गिरिजाभन्दा सरोज अब्बल थिए। तर गिरिजा वीपीको साख्खै भाइ आफू भएकोले वीपीको उत्तराधिकार आफूले पाउनु पर्छ भन्ने सोच्थे। वीपी भने सरोजमा योग्यता बढी भएकोले उनलाई अघि बढाइरहेका थिए। यिनै कारणले सरोजलाई विहारका गुण्डाहरु प्रयोग गरेर गिरिजा कोइरालाले नै मधुवनीमा मार्न लगाएका हुन् भनेर धेरैले किटेरै भनेका थिए। यो खेलमा रामवरणले गिरिजालाई साथ दिएका थिए भनेर भन्नेहरू पनि धेरै थिए। रामवरणले सरोजलाई मार्न सघाउनुको कारण भने यौनसित जोडिएको निजी कारण थियो भन्नेहरू पनि धेरै थिए।
पछि बनारसमा वीपीसामू प्रदीप गिरि र शैलजाले ूसरोजलाई गिरिजा र सुशीलले मार्न लगाएका हुन् यी दुई जनालाई कार्वाही गर्नु होस्ू भनेर कुरा राखेपछि गिरिजाले प्रदीपलाई कुट्न लगाएर रिस फेरेका थिए। त्यो बेलादेखि प्रदीप गिरिलाई गिरिजा प्यानलले बदनाम गराउन थालेको हो। जेहोस् २५ वर्षकै उमेरमा संसदीय चुनाव जितेका प्रखर युवा सरोज कोइरालाको ज्यान कोइरालापरिवार भित्रैको शक्ति संघर्षको कारणले गयो। उनी बाँचेका हुन्थे भने कांग्रेसमा गिरिजा र सुशीलजस्ता अपठित नेताहरू कोइराला थर भएकै कारणले मात्रै यति माथि पुग्ने थिएनन्। सरोज मारिनुको दोष भने विचरा अंचलाधीशमाथि लाग्यो र साँच्चैका दोषीहरु क्रान्तिकारी बनेर पो माथिमाथि उक्लिदै गए।
श्री ५ वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्ड जस्तै सरोज हत्याकाण्ड पनि राजनीतिको चक्रव्युहमै अल्झिएर रह्यो।