वाङ चीवाई सिन्झाई ९सियाङ० स्थित चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरी हुन् । उनकै कुशल नेतृत्वका कारण ११ बर्ष अघि चीनकै दुर्गम ठाउँको रुपमा रहेको उक्त गाउँको मुहार फेरिएको छ । सडक लगायतका पुर्वाधारहरुसङ्गै गाउँमा एकीकृत बस्ती बिकास गरिएको छ । स्थानीयहरु सामुहिक कफी खेती गर्छन् । चीनकै पहिलो कफी भिलेजको रूपमा प्रसिद्द छ अहिले उक्त गाउँ । गाउँका सबै युवा रोजगार छन् । पर्यटकहरुका लागि आकर्षक होटेलहरु छन् ।
एक जना नेता असल भईदिदा कति फरक पर्दोरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो उक्त गाउँ र नेता वाङ चीवाई । के हाम्रो नेपालका नेताहरूले एउटा गाउँ मात्रै यसरी नमूना बनाउन सक्दैनन् रु तीन वटै तहका सरकारको बागडोर सम्हालेका ७६१ जना सरकार प्रमुखले चाहने हो भने के सुधार हुन सक्दैन र हाम्रो देशमा ।
चीनको युन्नान प्रान्तस्थित बाओसान सहरबाट डेढ घण्टामा पुगिन्छ (चीनकै पहिलो कफी भिलेज सिन्चाईं ।
आर्किटेक्ट इन्जिनियरको रुपमा कार्य गरेका काम गरेर वाङले ११ बर्ष देखि सिन्छाईको नेतृत्व गरिरहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सिन्झाई भिलेज कमिटीको नेतृत्व सम्हालेका उनकै परिकल्पना र प्रतिबद्धताका कारण अहिले सो गाउँ नमूना गाउँ बन्न सम्भव भएको छ । वाङले सिन्झाई गाउँलाई कृषिसङ्ग जोडे र कफीको माध्यमबाट गाउँलाई बिश्वमै चिनाए । ५ सय ५० घरधुरी रहेको सिन्झाई गाउँ चीनकै प्रमुख पर्यटकीय स्थल मध्येको एक गाओलिन्चोन्ङ पहाडमुनि हुँदै तिब्बतबाट बग्दै गएको नुजियाङ नदीभन्दा माथि छ । १२ बर्ष अघि यो गाउँ चीनकै दुर्गम गाउँको रुपमा चिनिन्थ्यो । सडक सन्जाल समेत नरहेको यस गाउँमा बजारसङ्ग सम्बन्ध नहुँदा स्थानीय उत्पादनहरु बिक्रिनै हुँदैनथिए ।
११ बर्ष अघि वाङ गाउँ फर्केपछी उनले बिकासको मार्ग कोरे, पार्टीको नेतृत्व सम्हालेर उनले सबै भन्दा पहिले सडकको निर्माण गरे, त्यस पछि एकिकृत गाउँको बिकास गर्दै गाउँलाई कृषिसङ्ग जोडे । गाउँमा कफी खेती व्यापकरुपमा भयो, त्यही कफी खेती सिन्झाई समृद्धिको आधार बन्यो । विश्वका कमै कफी भिलेज मध्येको एक बन्न सफल भएको छ यो गाउँ ।
नेपालका पहाडी भुगोलसङ्ग मिल्ने यो गाउँ पहाडको तल भएपनी कफी खेती भिरालो पहाडमै छ । नेपालका उत्पादन योग्य जमिनहरु बाँझै रहेको बेला यो गाउँको पहाड, भीर, पाखा कफी लगायतको खेतीले हरितमय छ । अर्को रोछ पक्ष के छ भने नेपालका गाउँहरु युवा बिहिन हुनै लाग्दा यहाँका युवाहरु गाउँमै कृषि कर्म गरिरहेका छन् ।सेक्रेटरी वाङका छोराछोरी उनीसँगै गाउँमै छन् । उच्च शिक्षा सकेका छोराछोरीले बुवासहित परिवारलाई गाउँमै बसेर साथ दिइरहेका छन् ।
११ वर्षअघि वाङ यो गाउँ फर्किदा चुनौतीका साथ सीपीसीको नेतृत्व सम्हालेका थिए । स्थानीयहरुको बिश्वास जित्दै उनले सबैभन्दा पहिले पूर्वाधार कामहरु गरे । राष्ट्रपति सी चिनफिङले गाउँलाई सहरसँग जोड्ने अभियान अन्तर्गत विशाल सडक संरचना निर्माणको अवसरलाई उनले छोपे र सडक निर्माणमा सफलता हासिल गरे । तत्पश्चात उनले सामुदायिक सुरक्षा, शिक्षा, रोजगार र कृषिलाई तिब्रताका साथ अघि बढाए र सफल भए । सडक, बिजुली, खानेपानी, इन्टरनेट र विद्यालयमा सीपीसीले लगानी गरेपछी बिकट गाउँको मुहार फेरिन थाल्यो ।
अहिले यस गाउँको १ हजार ६ सय हेक्टरमा कफी खेती भइरहेको छ। कफी अरेबिकाको बिन उत्पादनमा यो गाउँ चीनमै नमुना भइसकेको छ। अहिले यहाँको कफी खेतीमा दैनिक १ हजार गाउँले संलग्न छन् । सरकारको निरन्तर लगानीकै कारण एक दशक अघि ३ हजार आरएमबी औसत आम्दानी भएका गाउँका बासिन्दाको आम्दानी हाल ५५ हजार आरएमबी पुगेको छ ।
सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीयतामा दिएको छ। गाउँलाई पुनर्जीवित गर्दै समृद्धि अघि बढाउने, औद्योगिकरणलाई तीव्र पारिने, कफी खेती विकासलाई कृषिको मुख्य मार्गदर्शन बनाइने, खेतीका लागि युवा तथा शिक्षित समूहलाई विभिन्न प्रशिक्षण चलाउन र गाउँलाई विकासको मार्गमा जोड्ने सीको घोषणा छ।
सिन्झाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएको छ। स्थानीय सरकारलेनै सहकारीमार्फत् कृषकलाई मेसिन दिएको छ। प्रशोधनका लागि कुनै शुल्क तिर्नुपर्दैन। सरकारले सबै खर्च ब्यहोरेर मेसिन किनिदिएकाले कृषकले अतिरिक्त लगानी नगरी कफी बिन तयार पार्न सकेका छन्। यस गाउँमा विभिन्न ९ वटा जातीय समूह छन् । चारवटा साना टोल समूहमा विभाजित गाउँलेलाई सीपीसीले सातवटा स्थानीय सहकारीमार्फत् संगठित गरेको छ।
कफीसहितको खेतीका लागि सहकारीले पुँजी परिचालनको काम गर्ने गरेको छ। नेपाली पत्रकारहरूसङ्गको साक्षात्कारमा सेक्रेटरी वाङले कफी खेतीबाटै यहाँका बासिन्दाले गत वर्ष १२ करोड आरएमबी आम्दानी गर्न सफल भएको बताए । वाङ चियावेईका अनुसार, सांस्कृतिक गतिविधि र अनेक भियानमार्फत् कफी खपतलाई बढावा दिइँदै छ। युनान प्रान्तको बाओसान सहरको सिन्झाई गाउँ कफी बेल्टबाट बाहिर भए पनि चीनको नम्बर एक कफी गाउँको रूपमा चिनिन्छ। यसरी एक नेताको असल नेतृत्वले गाउँ बिश्वमै चिनिए जस्तो हाम्रो नेपालका गाउँको बिकास के सम्भव छैन र सोचनिय बिषय हो ।