बौद्धिक अपाँगताका बिषयमा राज्य उदासिन

माधव कार्की

गोकर्ण आचार्य
अध्यक्ष, नेपालगञ्ज सुस्तमनस्थिति अबिभावक संघ, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– अपाँगता अधिकारका लागि बहश पैरबी गर्दै आएको यस सुस्तमनस्थिति अबिभावक संघले बौद्धिक अपाङता भएका ब्यक्तिहरुको जिवनस्तर अभिबृद्धिका लागि पैरबी गर्दै आएको छ । एकजना नाईजेरियन नागरिकले बौद्धिक अपाङता भएका बालबालिकाहरुको लागि सञ्चालन गर्नुभएको दिवा सेवा केन्द्र सञ्चलनका लागि २०६३ सालमा सुस्तमनस्थिति अबिभावक संघ दर्ता गरेर उनीहरुको हक हितका लागि काम गर्दै आएका छौं। बैद्धिक अपाङता भएका ब्यक्तिहरुलाई लक्षित गरेर सीप बिकास कार्यक्रम र आयआर्जनमुलक कार्यक्रम हरु गर्दै आएको यस संघले बिशेष गरी आफ्ना समस्याहरु भन्न बोल्न नसक्ने, आफुमा भएका पिडाहरुलाई आफ्ना अबिभावक हरु सामु राख्न् नसक्ने बौद्धिक अपाङता भएका बालबालिकाहरुको हेरचाह र संरक्षण गर्ने अबिभावकहरुको कमि भएकाले उनीहरुको अबिभावक रुपमा भुमिका निर्बाह गरिरहेको छ । उनीहरुका अबिभावकहरुलाई सचेतना तालिमहरु देखी सामाजिक रुपमा अपाङता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिीकोणमा परिबर्तन ल्याउन र अपाङता भएका ब्यक्तिहरुलाई पनि सपाङसरह जिउने अधिकार भएको कुरामा पैरबी गर्दै आएका छौं । मुख्य रुपमा अबिभावकलाई उनीहरुको हेरचाह सम्बन्धी तालिम दिने काम गर्दै आएका छौ भने उनी हरु को हक अधिकार प्राप्तीको लागी सरोकारवाला निकाय सँग बहस तथा पैरवी पनि गर्दै आएको यस अबिभावक संघले सुस्तमनस्थिति भएका बालबालिकाहरुको अधिकारमा आधारित क्रियाकलापहरु गर्दै आईरहेको छ । साथै अबिभावक संघबाट सञ्चालित दिवा सेवा मार्फत हाल ३५ जना बालबालिकाहरुलाई दिवासेवा मार्फत सरस्वती स्कुल बाँके गाउँमा पठनपाठन गराईरहेका छौं ।

२. यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– शुरुवाती चरणमा नाईजेरियन नागरिकको सहयोगमा सञ्चालन भएको दिवा सेवा केन्द्र लाई तत्कालिन जिल्ला बिकास समिती, हाल स्थानिय पालिकाहरु, गैर सरकारी संस्था महासंघ, राष्ट्रिय अपाँग महासंघ नेपालसँग सहकार्य गर्दै आएका छौं । साथै एउटै लक्ष उद्धेश्य भएका संस्थाहरु सँग पनि समन्वय गरेर सहकार्य र समन्वय रहेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– बौद्धिक अपाङता भएका ब्यक्तिहरु लाई लक्षित गरी उनीहरुको जिवनस्तरमा सुधार ल्याउँदै समाजमा सम्मानित जस्ीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने काम गर्दै आएका छौं भने बाँके जिल्ला भरी कार्यक्षेत्र बनाएर काम गरे पनि बिशेष गरी नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेर काम गरिरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– उल्लेखित कार्यहरुमा भन्नु पर्दा यत्रतत्र छरिएर रहेका साहारा बिहिन बौद्धिक अपाँगता भएका बालबालिकाका लागि दिवा सेवा स्थापना गरेर उनीहरलाई पठनपाठनको ब्यवस्थापन गरेका छौं, बौद्धिक अपाङता भएका बालबालिकाहरुमा चेतना अभिबृद्धि गर्ने काम गरेका छौ जस्ले गर्दा त्यस्ता बालकालिकाहरुले अध्ययन गर्न पाएका छन्, संघ द्धारा सञ्चालित दिवा सेवा र संघले दिने बिभिन्न पैरबीबाट हाल उनीहरु आफ्ना अबिभावकहरुको सहयोगमा आफ्ना समस्याहरुको पैरबी गर्न सक्ने भएका छन् । वकालत सेवा सुचारु गर्दा बौद्धिक अपाङता भएकै युवाहरुलाई समूह बनाएर पैरबी गर्न बातावरणको सिर्जना भएको छ ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
सामाजिक क्षेत्रमा काम गर्दा आर्थिक चुनौतीका बावजुत सामाजिक क्षेत्रमा काम गर्दा धेरै चुनौतीहरु आउने गर्दछन् । हातमुख जोर्नका लागि अबिभावकहरु काम गर्न घर बाहिर जाँदा घरमा सुस्तमनस्थिति भएका बालबालिकाहरुमा हेरचाहमा चुनौती देखीन्छ भने त्यस्ता ब्यक्तिहरु कतिपय ठाँउमा उपेक्षित भएर बस्नु परेको छ । घरपरिवार का साथै समाजको उनीहर प्रति हेनैृ दृष्टिकोणका कारण सामाजिक अपहेलना सहनुपर्ने हुँदा उनीहरुमा बितृष्णको भाव पैदा हुने चुनौती देखिन्छ भने सबै भन्दा संबेदनशिल अपाङता भनेकै बौद्धिक अपाङता भएकाले पनि त्यस्ता किशोरीहरमा थप चुनौती रहेको छ । जस्तो नेपालगञ्जकै एक घरमा केही बर्ष पहिले एकजनासुस्तमनस्थिति भएकी किशोरीलाई घरमै छोडेर आमा नजिकै रहेको आफ्नै पसर सञचालन गएको बेला घरमा एक स्थानियबाटै बलात्कृत भएकी थिईन् जुन हाम्रै सक्रियतामा उक्त ब्यक्तिलाई कार्बांही गराउन सफल भएका थियौं ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– बौद्धिक अपाङता उमेर सापेक्ष बौद्धिक बिकास हुन नसक्नु यस्को प्रमुख लक्षण हो । यिनिहरुले आफ्नो बिषयमा आफै बोल्न सक्दैनन त्यस्ता ब्यक्तिहरुको हकहित र पारिवारीक सहयोग, सामाजिक न्याय, समाबेशीकरण, सहकार्य उनीहरुको सम्मान, जवाफदेहीताको लागि यो रहर होईन बाध्यता हो भनेर उनीहरुका समस्याहरुलाई सँधै पैरबी गर्नुका साथै दिवासेवा मार्फत सिपमुलक कामहरु सिकाउने योजना रहेको छ ।

७. अन्तमा के भन्नुहुन्छ ?
– राज्य पक्ष यस बिषयमा उदासिन छ । भौतिक बिकासको साथ साथै सामाजिक बिकासको पनि आबश्यक रहेकाले त्यसतर्फ पनि राज्यको ध्यानाकर्षण गराउँछु ।

 

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech