हेमा थापा नारायणी अस्पताल, बीरगंजकी नर्सिङ निरिक्षक हुन् । गलका बुबा पनि सरकारी सेवामै थिए । उनि जताजता सरुवा हुँदै गए, हेमाको पढाई पनि उतैउतै भयो । छोटो समयका लागि बनेका साथी छोटो समयमै छुट्टीदै गए । त्यसैले पनि उनका बाल्यकालका साथी धेरै भएनन् । घुम्दै जाँदा एउटा ठाउँको साथी छुट्ने र अर्काे ठाउँको नयाँ साथी बन्ने । पढाईमा उनका दाई र दिदि अब्बल थिए भने, उनि सामान्य विद्यार्र्थी मात्र थिईन् । तर पनि उनका आमा बुबाको चाहना छोरीले डाक्टर वा इन्जिनियर पढोस् भन्ने थियो । हेमालाई भने स्टाफ नर्स पढ्न मन थियो । पारिवारमा कोहि पनि नर्सिङ क्षेत्रमा नभएको र राति ड्युटी पर्ने काम छोरीले गर्नु नपरोस् भनेर उनका आमाबुबाले उनलाई नर्सिङ पढ्न दिईरहेका थिएनन् । उनका दाईले भने बहिनीको सेवा भाव बुझेका थिए । दाईले नै आमाबुबालाई मनाए र हेमाले नर्सिङ पढ्न थालिन् ।
हेमा थापा २०५२ साल देखि नै नर्सको रुपमा बीरगञ्ज अस्पतालमा काम गर्दै आईरहेकीछिन् । उनि आफ्नो सुरुवाती सेवाकाल देखि नै ईमान्दार कर्मचारीको रुपमा चिनिन्छिन । उनको कामको मुल्यांकन गर्दै २०७४ सालमा उनलाई ल्क्ष्ऋग् को इन्चार्ज बनाइयो । त्यहाँ पनि उनले आफ्नो क्षमतालाई प्रमाणित गरिन् । उनले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइन देखि लिएर कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गराएर ल्क्ष्ऋग् मा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । ल्क्ष्ऋग् बिभाग पाँच बेडबाट स्तारोनात्ति भएर दस बेडको भयो ।
सात महिनामै मापदण्ड पुरा गरेर अधिकतम मुद्दा व्यवस्थापन गर्न सफल
२०७८ साल माघ महिना देखि हेमा एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन् । एकद्वार संकट व्यवस्थापन केन्द्रलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न उनले पहिले आफैले तालिम लिईन् । सञ्चालन कार्यविधि र मापदण्ड तयार गरिन् । आफू मातहतका कर्मचारीलाई पनि सिकाउदै गईन् । एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाईन् । उनले नेतृत्व लिएको ७ महिनामा बीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले पुरा गर्नुपर्ने सरकारले तोकेको मापदण्ड पुरा ग¥यो ।
एकद्वार संकट व्यवस्थापन केन्द्रमा प्राय महिला हिंसाका घटनाहरू बढी आउछन् । ति घटनाको तत्कालिन समाधानका लागि हेमाले नियम कानूनको मद्दत र घटनाको अवस्था हेरेर कदम चाल्ने गर्दछिन् । तर, मानसिक आघात पुगेकाहरूलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ भन्ने बुझेपछि ६ महिनाको मनोसमाजिक परामर्शको प्रशिक्षण लिईन् र आवश्यक परेका पीडितहरूलाई परामर्श दिन थालिन् । यसले एकद्वार संकट व्यवस्थापन केन्द्रप्रति सेवाग्राहीको विश्वास बढ्न थाल्यो । थोरै समयमा नै सरकारको मापदण्ड अनुसार सबै कुरा भएको र अधिक्तम मुद्दाहरूको व्यवस्थापन गर्न सफल भएकै कारण ७ महिना भित्र अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले प्रसंशापत्र पनि पायो ।
कोभिड हिरो
कोभिडको समयमा उनि दिनरात अस्पतालमै हुन्थिन् । सबै जना आफ्नो काम सकेर घर फर्किदा पनि उनि अस्पतालमै हुन्थिन् । उनलाई साच्चिकै अप्ठेरोमा परेको बिरामी आउँदा कसले हेर्छ भन्ने चिन्ता हुन्थ्यो । आफन्तले उनको जिम्मेवारीलाई जिद्दी ठानेका थिए । तर परिवारले सधै साथ दियो । श्रीमान उनले ड्युटी जानुपर्छ भन्दा पुर्याउन तयार हुन्थे । आमाले दिनमा पाँच पटक फोन गर्नुहुन्थ्यो । कुरा नगरे पनि एक पटक अनुहार देखा भन्नुहुन्थ्यो । परिवारको सहयोगले हेमालाई थप हौसला दियो । उनलाई आफ्नो ज्यान भन्दा पनि जिम्मेवारी प्रतिको बफादारिता महत्वपुर्ण लाग्यो । कोभिड विरुद्धको पहिलो सुई कसैले लिन मानेका थिएनन् । यसमा पनि हेमा नै अगाडी सरिन् । धेरैले त उनलाई आत्महत्या गर्न जानथालि भने । उनलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्वाह भएन । पाएको जिम्मेवारी ईमानदारिता पुर्वक पुरा गर्न सक्छु या सक्दिन भन्नेमा बढी चिन्ता भयो ।
सुत्केरीको सालनालबाट बायोग्याँस
हेमा थापा सरकारले दिने ६ महिने पर्यवेक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएकी थिईन । प्रशिक्षण कार्यक्रम अन्तर्गत उनले एउटा परियोजना गर्नुपर्ने थियो । नारायणी अस्पतालमा महिनामा ९०० जना जति सुत्केरी हुने गर्दछन् । त्यसबाट जम्मा हुने सालनालको गन्धले अस्पताल परिसरलाई दुर्गन्धित बनाएको थियो । त्यसको व्यवस्थापन के होला भनेर उनले सोचिरहेकी थिईन् । उनले त्यसको व्यवस्थापनका लागि सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजना अस्पतालका मे.सु.लाई सुनाईन् । मे.सु.लाई पनि उनको परियोजना मन प¥यो । परियोजना कार्यान्वयन भयो । बस्ति प्रदुषणबाट जोगियो । उत्पादित ग्याँस सदुपयोग भयो ।
बोल्न नसक्नेको आवाज अनि असहायको सहारा
जो बोल्न सक्दैनन्, जसको अस्पतालमा पहुँच हुँदैन, जो अस्पतालमा उपचारका लागि आउँछन् तर बेवारिसे जस्तै हुन्छन् । उनीहरूको सहारा हेमा थापा भईदिन्छन् । सुरुमा उनीहरूलाई प्राथामिक उपचार दिएर निको पार्छिन् । आफन्त भए आफन्त खोजेर जिम्मा लगाउछिन् । नभए बीरगञ्ज स्थित मानव सेवा आश्रमको जिम्मा लगाईदिन्छिन् । ४ वर्ष अगाडी अस्पताल नजिकै भेटिएकी एक जना बेवारिसे आमालाई उपचार पश्चात मानव सेवा आश्रममा लिएर गएकी थिईन् । त्यस पश्चात बेवारिसे थुप्रै महिला पुरुषलाई उनले उपचार गरेर मानव सेवा आश्रमको जिम्मा लगाएकीछिन् र त्यहाँ भएका थुप्रै बृद्ध बृद्धालाई उपचारका लागि सहजीकरण गरेकी छिन् । मानव सेवा आश्रामका दिवस मानवसेवाका अनुसार हेमा घडी हेरेर ड्युटी गर्ने कर्मचारीमा पर्दैनन् । दिवस आफैपनि नर्सिंङ पढ्ने विद्यार्थीलाई तालिम दिन कलेज गईरहन्छन् । त्यहाँ आउने धेरै जसो विद्यार्र्थीले हेमा दिदिजस्तो मान्छे नर्सिंङ क्षेत्रमा भएको देखेर म पनि नर्सिंङ पढ्न आए भनेको सुनेका छन् । त्यसैले पनि दिवसले भेटेका थोरै सम्मानित व्यक्तिमा हेमा पर्दछिन ।
हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन्, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । अस्पतालकै नर्स श्रुती शाह उनलाई फ्लोरेन्स नाइटिङ्गेलकै साक्षात रुप ठान्दछिन् । उनि भन्दछिन, “हामीले फ्लोरेन्स नाइटिङ्गेल त देखेका छैनौँ, तर हाम्रो लागि फ्लोरेन्स नाइटिङ्गेल हेमा दिदी नै हो । दिन‑रात नभनी कुनै पनि समय आउनुहुन्छ । अस्पतालको लागि मरिमिटेर काम गर्नुहुन्छ । यदि कसैलाई सहयोग चाहियो भने गुहार्नुपर्ने मान्छे पनि हेमा दिदी नै हो ।”
(इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट असल राष्ट्र सेवक कर्मचारी को रुपमा थापा “Integrity with Compassion” टाईटलबाट सम्मानित भएकी थिईन् ।)