महिला सशक्तीकरण केन्द्रको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज १८ मा महिला सशक्तीकरण केन्द्र स्थापना गरिएको छ ।

फ्रीडम कीट ब्याग्सको सहकार्यमा दिदी बहिनी समाज र बास नेपालले उक्त केन्द्रको स्थापना गरेका हुन् ।

महिलाहरूलाई सीप, ज्ञान प्रदान गरि आयआर्जनका माध्यमबाट सशक्तिकरण गर्ने उद्देश्यले स्थापित उक्त केन्द्रको फ्रिडम किट व्याग संस्थाकी संस्थापक डा. रोजा मेथेसन, डाक्टर ईयान म्यातजेसन, ब्रेन मिल्डेनहलले संयुक्त  रुपमा  रिबन काटेर गरेका थिए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्वागत गरेका थिए । कार्यक्रममा महिला सशक्तिकरण केन्द्रका बारेमा फ्रिडम किट व्याग संस्थाकी संस्थापक डा. रोजा मेथेसनले बोलेकि थिईन् ।

कार्यक्रमको समापन दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहले गरेकि थिईन् ।

 

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech