हिंसा भन्ने बित्तिकै बलियो शक्त्तिद्धारा कमजोर ठानिएका शक्ति माथि गरिने अत्याचार हो । हिंसा जसले जसलाई पनि गर्न सक्छ । एक व्यत्तिले अर्को व्यत्तिलाई दिईने यातना, पीडा, दुख र अपमान हो । यो शारिरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रुपमा पनि हुन सक्छ । शारिरिक रुपमा कुटपिट गर्ने, चोटपटक लाग्ने, यातना दिने, मानसिक रुपमा अपमान, गाली गलौज गर्ने, त्राशपूर्ण व्यवहार गर्ने, डर धम्की देखाउने, जिस्काउने, हतोत्साहित गर्ने, गैरकानुनी रुपमा नजरबन्द वा थुनामा राख्ने, सानो सानो कुरामा कचकच गर्ने जस्ता कार्यहरु हिंसाको रुपहरु हुन् । त्यस्तै यसका साथै यौनजन्य, प्रकृतिका दुरव्यवहार, वैवाहिक बलात्कार, चेलिबेटि बेचविखन, छाउपडी, देउकी, यौन व्यवसायमा संलग्न तथा यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु पनि हिंसाजन्य क्रियाकलापहरु हुन् । आर्थिक स्रोत साधनका पहुँचबाट बन्चित गर्ने, घरबाट निकाला गनर्,े आत्मसम्मानमा चोट पु¥याउने जस्ता क्रियाकलापलाई अपमान यातना वा पीडा भन्न सकिन्छ । मान्छेले पशुलाई मात्र होइन, मान्छेले मान्छेलाई नै पनि हिंसा गरेको कैयौ उदाहरण हाम्रा सामु छन् । जात, धर्म, सम्प्रदाय लगायत एक राष्ट्रले अर्को राष्ट्रले अर्को राष्ट्रमा समेत हिंसा गरिने परिपाटि देखिएकै विषय हो ।
महिला एक देविको स्वरुप हो । महिला प्रकृतिको त्यो सुन्दर सृष्टि हो, जसले कोमलता, दयालुपनलाई अँगालेको हुन्छ । महिला ममतामयी हुन्छन् जो शीलत र स्नेही हुन्छन् । वास्तवमा महिला जगत जननी हुन् । ऊ कतै आमा हुन्छे, कतै दिदि बहिनी, कतै छोरी, उसले हरेक रुपमा पुरुष र समाजको सेवा गरेर जनजीवनलाई धानिरहेकी हुन्छे तर विडम्बना महिला भएकै कारण ऊ हिंसामा परेको देखिन सकिन्छ । त्यसैले लैंगिक विभेदका कारणले हुने हिंसालाई पनि हिंसा नै मानिएको छ । महिला हिंसा माथि हुने लैंगिक हिंसाका विषयमा आखिर हिंसा किन र के का लागि हुन्छ भन्ने कुरा बुभ्न जरुरी छ । मान्छेले पशु माथि गर्ने हिंसा भनेको उसको जीवन निर्वाहसँग जोडिएको हुन्छ । एक जाति र धर्म विशेषमा हुने हिंसाहरु पनि आफ्नो अस्तित्व स्थापित गर्नका लागि हुनसक्छ । तर महिला माथिको हिंसा मुख्यतय अतित देखि लैँगिताको आधारमा हुने गरेको छ ।
बहुविवाह अनमेल विवाह र त्यो सँग जोडिएको क्रुरताको पराकाष्ठ सतिप्रथा आदि पितृ सत्तात्मक व्यवस्थाले मच्चाएको हिंसा थियो । मातृ सत्तात्मक आदिम कालमा आएको आमाको भूमिकाको कारणले र प्रुष शक्त्तिको राज्यव्यवस्थाको पहँ्चले जन्माएको पितृ सत्तात्मकताले नारीलाई केवल खेलौना र भोग्य वस्तु भन्दा माथि उठाएर राख्न सकेन । सादियौँ देखिको महिलाहरुको भोगाई आधुनिक समाजमा पनि चेलिबेटी बेचबिखन र सहर बजारका वेश्याबृतिले समस्या निम्त्याएका छन् । कतै आफ्नै बाबुले छोरीलाई बलात्कार गरेका छन्, कतै ससुराले बुहारी माथी बलात्कार गरेका छन् र कतै आफ्नै श्रिमानले अनेक बाहानामा आफ्नै श्रीमतीको हत्या गरिरहेका छन् ।
महिला आफ्नै घरमा सुरक्षित छैनन् । होटल, रेष्टुरेन्ट, डास्सबार, तथा खाडी मुलुकमा काम गर्ने महिला श्रमिक माथि इच्क्षा विपरित यौन हिंसा हुने गरेको सुनिदै आएको प्रसङ्ग नै हो । यस्तो कहालीलाग्दो तथ्यलाई नारा बनाए तापनि महिला हिंसा रोकिएको छैन । गाँउबस्तीहरुमा निम्न बर्गीय परिवारमा चेतनाको कमी, गरिबी र बेरोजगारीको कारणले मानिसहरु मदिरा सेवनमा परेर घरेलु हिंसा दिनौदिन बढिरहेको छ । यस्ता घटनाका श्रृख्लाहरु रोखिएको छैन । सरकारले लैङ्गिक हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान सुरु गरे तापनि हिंसा पीडित आफै अग्रसर नभइकन न्याय पाउने अवस्था नै देखिएको पाईदैन । नेपालमा लोकतन्त्र आयो, गणतन्त्र आयो तर महिलाको लागि कुनै व्यवस्था आएको देखिएन ।
अब महिला हिंसाले समाजमा जरो गाडेको छ । यो जरा गाडेको कुरा कसरी उखेलेर फाल्ने त भन्ने नै आजको प्रमुख समस्या हो ।
एक्काइशौ शताब्दीले नेटो काट्न लाग्दा समेत हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने चलन अझै जीउँदै छ । नेपाली महिलाहरु अहिले पनि विभिन्न किसिमका हिंसा सहेर पटक पटक मरेर बाँचिरहेका छन् । उनीहरुलाई जन्मेदेखिबाट नै विभिन्न खाले सत्ताले जेलिरहेको छ । कहिले राजनीतिक सत्ता, कहिले खानदानी सत्ता, कहिले धार्मिक सत्ता त कहिले लोग्नेको सत्ता जस्ता सामान्ती र पितृसत्तात्मक सामाजिक मूल्य मान्यताले महिलालाई बाँचेर पनि पटक पटक मर्नु परेको अवस्था छ नेपालमा महिला माथि अन्याय परापूर्वक काल देखि हुँदै आएको पाइन्छ । हाम्रो धर्म संस्कृति रितिरिवाज सामाजिक विधि व्यवहारमा पनि महिलाहरुलाई पछाडि नै पारेको देखिन्छ । तर विडम्वना नेपाल मात्रैहैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेको छेैनन् ।
नेपालको संविधानमा महिलाहरु सम्बन्धी व्यवस्था गरिएको छ, जस अन्तर्गत महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलाहरुलाई स्वाभिमानी भई, स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकार उल्लेख गरिएको छ । त्यस्तै कुनै पनि महिला विरुद्ध शारीरिक, मानसिक यौनजन्य अन्य हिंसाजन्य कार्यहरु गरिने छैनन् । त्यस्ता कार्यहरु भएमा कानुनद्धारा दण्डनीय हुनेछन् । प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धि हक अधिकार हुनेछ भनी उल्लेख गरिएतापनि महिला माथि हुने हिंसा बढिनै रहेका छन् ।
महिला हिंसा सम्बन्धी अन्तराष्ट्रिय अनुसन्धान अनुसार बनाइएको सदस्य राष्ट्रिको हैसियतमा कानुन भएतापनि कार्यान्वयन प्रकृया ज्यादै फितलो छ । समय समयमा आउने महिला हिंसा र अपराधमा शून्य सहनशीलता, घर शान्ति नै विश्वशान्तिको आधार महिला हिंसा विरुद्धका अभियान केहि मात्रामा भईरहेतापनि व्यवहारिकतामा खासै परिवर्तन आएको देखिदैन । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा एकले भन्छ, सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् । मुलुकमा अभियान नै चलाइए पनि प्रत्येक वर्ष महिला हिंसा बढ्दै गएको पाइएको छ । पछिल्लो तथ्याङ्कले हरेक वर्ष महिला हिंसाका घटना बढेको यर्थाथ बाहिर ल्याएको हो । सबै महिला हिंसाको उच्च जोखिममा छन् । संसारभरका ३५ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट प्रभावित छन् ।
एक तथ्याङ्क अनुुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य, वा पाटर्नरबाट मारिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छ । महिलाले पुरुष, घरपरिवार, बालबच्चा र घरको संरक्षणमा पुर्याउने गरेको अमूल्य योगदानको कही बतैबाट बदर हुने गरेको देखिदैन । महिललाले सम्मानका लागि हजुर र तपाई लगाउनु पर्ने तर महिलाले सो अवसर कहिल्यै कतै बाट प्राप्त नहुनु पनि अप्रत्यक्ष रुपमा भावनात्मक हिंसा भईरहेको कुरालाई पुरुषले कहिल्यै हेक्का राख्ने गरेको देखिदैन । माग अनुसारको तिलक, दाईजो माईतिबाट नल्याएको, आफ्नो निजि कार्यमा माईति पक्षले आर्थिक सहयोग नगरेको, श्रीमती नराम्री, मोटी, दूब्लो, काली भएकाले, आफुले चाहे अनुसारको कामकारवाही गर्न नपाएको आदि मूख्य कारणले नै अर्को विवाह गर्ने, सम्बन्ध विच्छेत गर्ने, आत्महत्या गर्न बाध्य पार्ने, घरबाट निकाला गर्ने, कुटपिट गर्ने लगायतका शारीरिक र मानसिक यातना दिई घरेलु हिंसा गर्ने गरेको देखिन्छ । घरेलु हिंसालाई नेपाल कानुनले अपराध मानेको छ । घरेलु हिंसा परेको जुनसुकै महिलाले पनि घरेलु हिंसा, कुटपिट, गाली बेइज्जती, अंश, खानाखर्च, लगायतको माध्ययम बाट कानुनी उपचार पाउन सक्ने कानुनी व्यवस्था भएपनि सो कानुनी बाटो बाट पनि महिलाले न्याय प्राप्त गर्न र हिंसामुत्त हुन सकेको देखिदैन । आफ्नै श्रीमान र परिवारका उपर मुदा मामिला गरेको खण्डमा थप हिंसा र पिडा खेप्नु पर्ने अवस्था छ भने आफ्नै घर परिवारबाट अलग भई स्वतन्त्र ढंगबाट सुरक्षित बस्न र बाँच्न पाउने उचित व्यवस्थाको पनि अभाव नै रहेको हुन्छ । एकापट्टी श्रीमान तथा घर परिवारबाट माया र सम्मान नपाउने अर्को तर्फ तत्कालै अंश तथा खानाखर्च लगायतको कानूनी उपचार नपाउने परिस्थितिमा महिलाहरु थप पिडा र हिंसामा पर्ने गरेको देखिन्छ र समाजले हेर्ने दृष्टिकोण पनि नकारात्मक हुने गरेको हुन्छ । त्यस कारण महिला हिंसाले महिला स्वयमलाई सामाजिक, आर्थिक, साँस्कृतिक एंवम नागरिक तथा राजनितिक अधिकारको उपयोगमा असर पु¥याइएको पाईन्छ भने भविष्यका कर्णधार भनिने बालबालिकाहरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने हुन्छ ।
अन्य वर्षहरुमा अझै २५ नोभेम्वर देखि १० डिसेम्बर सम्म मनाईने महिला हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि विश्वभर जारी छ । नेपालमा मूख्य शहरहरुमा समेत विभिन्न कार्यक्रमका साथ सो अभियानलाई सफल पार्नका लागि भनेर विविध कार्यक्रमहरुको आयोजक गर्ने गरेको देखिन्छ । महिला अधिकार, मानव अधिकार, मानव अधिकार लगायत अधिकारको वकालत गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सो अभियानलाई उत्सवको रुपमा मनाउने गरेको पाइन्छ । महिला विरुद्ध १६ दिने अभियान र आवश्यकताको विषयमा अझै पनि सबै महिला तथा पुरुषहरुले जानकारी पाउन नसकेका कारण यो सबै नागरिकहरुको साझा अभियान बन्न सकेको देखिदैन । सायद यसै कारण होला जतिसुकेै महिला अधिकार र महिला हिंसाको अन्त्यको वकालत गरेता पनि महिला हिंसा हिंसाका घटनाहरुमा कमी हुन सकेको पाईदैन । महिला र पुरुष मानव सृष्टिमा प्रमुख दुई भेद हुन । अन्तराष्ट्रिय तथा राष्ट्रिय कानून र प्राकृतिक न्यायको सिद्धान्तको दृष्टिले सबै प्रकारका हक अधिकारहरु महिला पुरुष दुवै जातीले समान रुपमा उपभोग गर्न पाउनु र प्रत्येक व्यत्तिले सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउनु सबै नागरिकको नैसर्गिक, मौलिक र मानव अधिकार हो । सम्मानजनक तवरबाट स्वतन्त्र रुपले जीवन निर्वाह गर्न पाउने महिलाको हकअधिकारमा हस्तक्षेप गर्ने, सो अधिकारको उपभोग गर्नबाट वञ्चित गर्ने अधिकार कोही कसैलाई पनि छैन । आफ्नो अधिकार उपभोग गर्न पाउने व्यक्तिको अधिकार हो ।
हामीले प्रजातन्त्रिक, भौतिक, आर्थिक, सामाजिक, शैक्षिक हरेक क्षेत्रमा समानताका कुरा उठाए पनि पुरुष स्वभाव परिवर्तन नभए सम्म बिभेदता कायमै रहिरहन्छ । अन्यथा समय परिवर्तन हुदैमा, स्थान परिवर्तन हुदैमा, संस्कार र स्वभाव उस्तै रहयो भने कुनै अर्थ छैन । जतिसुकै महिलाकर्मी र राजनीतिकर्की अनि सरकारसंग अनुरोधको भिख मागेपनि, संक्रमणकालिन राज्य व्यवस्था, अस्थिर राजनितिक प्रणाली, अविकसित आर्थिक अवस्था भन्दै भाषणमा कुर्लदैमा महिला हिंसा अन्त्य हुने रहेनछ । मानिसको सामाजिक सद्धाव र संस्कार अनि आफ्नै व्यक्तिगत स्वभावमा परिवर्तन कसरी आउछ त्यो खालको शिक्षा आवश्यक देखिएको छ । संयुक्त राष्ट्रसंघको नारा पनि त्यतिखेर सार्थक हुनेछ जतिबेला मनस्थिति हिंसा रहित हुनेछ, व्यवहारिक रुपमै महिलामाथि कदर हुनेछ । त्यसैले आज महिलाहरु असंख्या पिडाहरु सहेर चुपचाप बस्न बाध्य छन् । यसका कारण अशिक्षा, आर्थिक परनिर्भता, सामाजिक दवाव आदि छन् । त्यसकारण सम्बन्धित निकायले पिडितहरुलाई आवश्यक सेवाहरु सर्वसुलव र निशुल्क रुपमा प्रदान गर्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । उसले आफुले भाृगेको पिडाको बारेका उजुरी गर्दा दवाव र डरमा नभई स्वतन्त्र रुपमा उजुरी गर्न पाउनु पर्दछ । आफ्नो अधिकारको बारेमा थाहा पाउनु र बोल्न पाउनु पर्छ । पिडको हिंसा विरुद्ध कडा कानुनी र भेदभाव रहित कानुनी व्यवस्थाको सबैभन्दा बढि जरुरी देखिएको छ । जसरी एउटा खुसि परिवार निर्माण गर्न वा आफ्नो छोराछोरीको उज्जल भविष्यको लागि अभिभावकको महत्वपूर्ण भुमिका हुन्छ । राष्ट्र निर्माणका लागि एउटा देशको नागरिकको हैसियतले प्रत्येक व्यक्तिको उतिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । त्यसैले अब महिला विरुद्ध हिंसा अन्त्य गर्न सबैजना लागि पर्ने बेला आएको छ । त्यसैले हामी सबै एकजुट भई एक अर्कोको भावना बुझौ र हिंसा विरुद्ध एकैसाथ आवाज उठाऔ ।