बाँके/१९ बैशाख
जैविक विविधताको संरक्षण र सामुदायिक वनहरुको सशक्तिकरणमा जैविक चौतारी कार्यक्रमले टेवा दिएको पाइएको छ ।
डिजिन वन कार्यालय बाँके र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ मा बैशाख १९ गते सम्पन्न जैविक चौतारी कार्यक्रममा गरिको वहस तथा कार्यक्रममा तय भएका ८ बुँदे प्रतिबद्धताहरुले जैविक विविधताको संरणक्षमा आगामी दिनमा उल्लेखनीय टेवा दिने देखिएको हो ।
राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिसा सिँह थारु प्रमुख जवाफदेहि वक्ता रहेको कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजित कुमार कर्ण, राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राम लखन थारु, वडा नं. ६ र ७ का वडा सदस्यहरु, सामुदायिक वन उपभोक्ता महासंघ राप्ती सोनारीका अध्यक्ष मदन बहादुर बुढा, सव डिभिजन वन कार्यालय राप्तीको प्रमुख बाबुराम पोख्रेल लगात जवाफदेहि वक्ताको रुपमा उपस्थित थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहरुको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सरोकारवालाहरु सहमत भई जैविक विविधताको संरक्षण र सम्र्बद्धन गर्ने, वडाको योजना बन्दा वडालाई हरियाली बनाउन, वन संरक्षण जैविक विविधताको संरक्षणका लागि विभिन्न योजनाहरु पेश गर्न नागरिकहरु सहमत भई पेश भएका योजनाहरु मध्ये वनसँग सम्बन्धित योजनाहरु प्राथमिकरण गरी आगामी योजनामा समावेश गर्ने, सामुदायिक वनहरुको सक्रियता अभिबृद्धि गर्ने तथा राप्ती सोनारी गाउँपालिकामा स्थापना भएको वन तथा वातावरण शाखामा आगामी आवमा बजेट विनियोजन गरी वन र वातावरणसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने, जैविक संरक्षणको सवालमा वडा कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहहरु विच साझेदारीका कार्यक्रम संचालन गर्ने, सामुदायिक वनहरुको कार्ययोजना बनाउनका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नविकरण हुन नसकेको सामुदायिक वनहरुको नविकरण गर्नका लागि डिभिजन वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताहरुको आर्थिक पारदर्शिता कायम गर्ने गराउने र आआफ्नो सामुदायिक वन क्षेत्रमा व्यापक रुपमा वृक्षारोपण गर्ने र सो कार्यका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने लगाएतका ८ बुँदे प्रतिबद्धताहरुको घोषण भएको छ ।
कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिसा सिँह थारुले सबै सामुदायिक वनहरु पालिकामा सूचीकृत गरिनु पर्ने, डिभिजन वन कार्यालयले पालिकासँग समन्वयत्मक कार्यलाई बढवा दिनु पर्ने बताउँदै आगामी वर्षको योजना तर्जूमा गर्दा नीति र विधि अनुसार सामुदायिक वनहरु आएमा साझेदारीमा कार्य गर्न तथा बजेट विनियजन गर्न सकिने तथा सामुदायिक वनसँग सम्बद्ध सबै निकाय तथा समुह समितिहरु सरकारको नीति तथा कार्यविधी अन्तर्गत संचालन हुनपर्ने बताइन् ।
डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजित कुमार कर्णले नविकरण, स्थाई लेखा नम्बर, अडिट जस्ता विषयहरुको समस्या भोगिरहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई प्राविधिक सहयोग गर्ने, चोरी सिकारी नियन्त्रणका लागि सूचना प्राप्त हुन साथ प्रहरी प्रशासनको सहयोगमा त्यस्ता कार्यलाई नियन्त्रण गर्ने, वृक्षारोपण जस्ता कार्यलाई बृद्धि गर्ने, जैविक विविधतासँग सम्बन्धित क्रियाकलाप संचालन गर्न विद्यालयहरुलाई प्रात्साहन गर्ने बताउँदै सबै सामुदायिक वन उपभोक्ता समूहरुले आर्थिक पारदर्शिता र आन्तरिक सुशासन कायम गर्नुपर्ने, समूह भित्र कहीँ कतै अनियमितता, आर्थिक अपचलन जस्ता क्रियाकलाप देखिन गएमा नियमानुसार कार्वाही गर्ने बताए ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारुले आगामी वर्षको कार्ययोजनामा हरियाली वडाको परिकल्पना गर्ने बताउँदै सामुदायिक वनहरुलाई वडाको सहकार्य र समन्वयमा कार्य गर्न अनुरोध गर्दै पालिका र वडाबाट आर्थिक अपेक्षा गर्नु भन्दा पनि आफु स्वयं सशक्त बन्नकालाई आफुसँग भएको स्रोतको सदुपयोग कसरी गर्न सकिन्छ भन्नेमा साच्नु पर्ने सुझाव दिँदै वनसँग सम्बन्धित कार्यक्रमहरुमा सामुदायिक वनहरुको सक्रिय सहभागिता हुनुपर्ने बताए ।
कार्यक्रमा राप्ती सोनारी वडा नं. ५, ६ र ७ मा गठित १० वटा सामुदायक वन उपभोक्ता समितीहरुले आफुले गरेका सिर्जनशिल कार्यहरुको बारेमा जानकारी गराएका थिए भने आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गर्नका लागि सुझावहरु प्रस्तुत गरेका थिए ।
१६० जना स्थानीयहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बास नेपालका केन्द्रीय कार्यवहाक अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने कार्यक्रमको संचालन बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
कार्यक्रममा स्वागत तथा उद्धेश्य बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने सव डिभिजन वन कार्यालय राप्तीले विगत १ वर्षमा संचालन गरेका कार्यहरुको प्रगति प्रतिवेदन राप्ती सव डिभिजनका प्रमुख बाबुराम पोख्रेलले प्रस्तुत गरेका थिए ।