नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम जेष्ठ १३ गते वडा कार्यालयको प्रांगणमा सम्पन्न भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को आयोजना तथा बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईमा ६ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडाको भवनियापुर लगायत टोलहरुमा बिद्युत जडान नभएकोले चालु आर्थिक बर्षको असार मसान्त भित्र बिद्युत सेवा विस्तार नभएका सबै टोलहरुमा सेवा विस्तार गर्न पहल गर्ने, क्याम्पस जाने मुख्य सडकमा सडक बत्ति नहुदा समस्या भईरहेकाले एक महिना भित्र सडक बक्ति जडान गर्ने, वडामा रहेका घरपालुवा पशुचौपायालाई रोग लागको जानकारी दिईदा समेत समयमा उपचार नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउने गरी सेवा प्रवाह गर्ने, केही कृषकहरुको बाख्रालाई लगाउनु पर्ने खोप नपाएकोले यथासक्य खोप लगाउने, वडाको गेदवाबाट जाने मुलबाटो मर्मत नहुदा आवतजावतमा समस्या आईरहेकाले हाललाई आकस्मीक कोषमार्फत बजेट विनियोजन गरी आवतजावतमा सहजता ल्याउने, पशु विमा कार्यक्रम अन्तरगत पशुमा ट्याग लागेको एक बर्ष वितिसक्दा समेत बिमाको बारेमा केही जानकारी नआएकाले विमा कम्पनीसँग समस्या समाधानको पहल गर्ने, लक्षीतगर्ब उत्थान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, मुक्त कमलरीकालागि दिगो र शिपमुलक कार्यक्रम सञ्चालन गर्न वडा र पालिकामा आवश्यक गर्ने र नियमित स्वास्थ्य अभ्यासका लागि वडाको पायक पर्ने स्थानमा ब्यायामशाला निर्माणकालागि पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए भने सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईको शुरुवातमा वडा कार्यालयले गरेका कार्यक्रमको प्रगति प्रतिबेदन वडा सचिब सावित राम मौर्यले गरेका थिए । २०० बढीको सहभागिता रहेको सुनुवाईमा सहभागिहरुले सोधेका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाईका सरोकारवाला वडा अध्यक्ष राम लखन थारु, वडा सदस्य जित बहादुर थारु, ईलाही गद्दी, मिना थापा, जगराना रैदास, वडा सचिब सावित राम मौर्य, स्वास्थ्य चौकी प्रमुख मनोज मिश्र, प्रहरी चौकी इन्चार्ज लोक बहादुर बोहरा लगायतले गरेका थिए । सुनुवाईमा शिक्षा, स्वास्थ्य, सडक, बिजुलिबक्ति, लक्षितबर्ग उत्थान कार्यक्रम लगायतका बिषयमा सरोकारवाला र सेवाप्रदायकको बिचमा दोहोरो छलफल भएको थियो ।