नेपालगञ्ज/ लुम्विनी प्रदेशको राजधानी नेपालगञ्जमा स्वैच्छिक राष्ट्रिय समीक्षा सम्पन्न भएको छ ।
जेठ १६ गते अल्पसंख्यक तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयनको अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि स्वैच्छिक राष्ट्रिय समीक्षाको बहुपक्षीय सम्बाद कार्यक्रम गरिएको हो ।
युथ एड्भोकेसी नेपालले स्वैच्छिक राष्ट्रिय समीक्षाको बहुपक्षीय संवाद सातवटै प्रदेशका देशभर विभिन्न स्थानमा गर्ने क्रममा लुम्विनीको नेपालगञ्जमा गरिएको हो ।
राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ प्रतिवेदनलाई थप सहयोग पुर्याउने उद्देश्यले नेपालगञ्जमा छलफल कार्यक्रम गरिएको हो ।
युथ एड्भोकेसी नेपालको आयोजना, बास नेपालको संयोजन तथा बिभिन्न संस्थाहरुको सहकार्यमा सम्पन्न कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले दिगो बिकासका लक्ष्य र स्वैच्छिक राष्ट्रिय समीक्षा बारे प्रश्तुतिकरण गरेका थिए ।
युथ एड्भोकेसी नेपालकी बाँके संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यका बारेमा सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि किशोर, किशोरी र युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पचास भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।