अछाम/ अछामको प्रसिद्ध पबित्र धार्मिक स्थल बागेश्वरी मन्दिरमा नुवाखी पर्व उत्सव भव्यताका साथ जेष्ठ ९ गते सम्पन्न भएको छ ।
बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछामको आयोजनामा यस बर्ष देखि सो पर्व उत्सवको रुपमा मनाउन शुरु गरिएको हो ।
नयाँ अन्न, बाली बागेश्वरी देबिलाई चढाएर सामान्य तरिकाले मनाईने नुवाखी पर्वलाई संस्थाले यस बर्ष देखि भव्यताका साथ मनाउन थालेको हो ।
संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तुर्माखाँद गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष महेन्द्र बहादुर शाहीले बागेश्वरी मन्दिरको भौतिक पूर्बाधार सहित समग्र बिकासका लागि स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा देबि महात्मेका बिषयमा चर्चित धार्मिक कथा बाचक गोकर्ण बजगाईंले प्रबचन दिएका थिए ।
कार्यक्रममा संस्थाका बिशिष्ठ सल्लाहकार तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, तुर्माखाँद गाउँकार्यपालिकाका सदस्य दमन बहादुर घर्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सहसचिव मीन बहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भुपेन्द्र प्रसाद जैशी, सदस्य मञ्जु शाह लगायतले अतिथीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी कुमारी बुढा, कोषाध्यक्ष छत्रकला बयक, सदस्यहरु सम्शेर बहादुर शाही, राज बहादुर शाही, जनक बहादुर शाही, रत्ना शाही, जंग बहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो । पर्वमा नाडाको कला समूहले धार्मिक देउडा प्रश्तुत गरेको थियो । पर्बमा बागेश्वरी देबीको पुजा, आरधना गरिएको थियो ।
यस मन्दिरमा चर्तुदशी पर्बमा बिशेष पूजा, आज हुने गर्दछ ।
३ सय बर्ष भन्दा पहिले देखि वागेश्वरी नाग पर्वतमा श्रावण मालिका चतुर्दशीका दिन धुमधामका साथ वैदिक विधि पूर्वक वागेश्वरी देविको पुजाआजा हुने, श्रदालु भक्तजनहरु एकादसी देखि चतुदर्शीसम्म एकचित्त भावले ब्रत उपासन गरी रुद्री पुजा समेत गर्ने, चतुदर्शीका दिन विहानै देखि बालवृद्ध नरनारी भक्तजन हरुको उपस्थिति मा दिउसो विशाल धार्मिक मेला लाग्ने परम्परा रहेको छ ।
धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि २०६८ साल भाद्र १ गते बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र बिकास समितिको स्थापना भएको हो । संस्था सक्रियतापूर्ब क्रियाशिल रहँदै आएको छ ।