सानो छँदा,
मैले बृन्दा र जालन्धरको पतिव्रताको एउटा कथा
हरेक वर्ष पढें र सुनाएको थिएँ ।
भगवान विष्णु पुज्न पुगेको छु कठोर यात्रामा मुक्तिनाथ सम्म।
मेरो स्मृतिमा मैले
पति वियोगमा श्राप दिँदै गरेकी
बृन्दा बिर्सिएर,
म सम्झिरहन्छु र पूजा गरिरहेको छु,
भगवान विष्णु ।
छद्म पछिको श्राप र आत्मदाहको कथा पढेर
सधैं
घर अगाडिको तुलसीको मोठमा दियो बाले पछि
मेरो जस्केलामा घाम लाग्छ र सन्ध्यामा घाम डुबेको हुन्छ।
पूजा कोठाका थालीमा राखेका शालिकराममा जल चढाउँछु,
हरेक शनिबार पीपलमा ३ फन्का घुमेर
मुलातोः ब्रम्ह रुपाय, मध्यन्तु विष्णु …भन्दै जल चढाउने म,
कुशे औंसीमा कुशको मुठा दलानमा सिउरिएर घर चोख्याउछु।
मलाई कुनै सन्देह भएको छैन
अझै पनि मेरा लागि,
एका देशका पात्र भए बृन्दाहरु ।
र छोरीहरू
तुलसी, शालिकराम, पीपल र कुशमा
पुजिएका सधैं पुजिन्छन् विष्णुहरु ।
आज पनि त उही कथ्य ज्यूँदो छ।
हेर,
हाय रे बृन्दाहरु!