युवाहरुले हरेक अवसरहरुलाई सदुपयोग गर्दै जानुपर्ने

असल शासन प्रतिनिधि

नेपालगञ्ज ⁄ असल शासन अभियान्ता केदार खड्काले जिवनमा सफल हुन युवाहरुले हरेक अवसरहरुलाई सदुपयोग गर्दै जानुपर्ने बताएका छन् ।

बास नेपालको सहकार्य तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा युवा घरले मंगलवार नेपालगञ्जमा आयोजना गरेको युवा उत्प्रेरणा कार्यक्रममा कार्यक्रमका बक्ता खड्काले सहभागी माझ उक्त कुरा बताएका हुन् ।

जसरी पौडि खेल्दा हातले पानी पछाडी फालेर अगाडी बढ्छौं सोही अनुरुप जिवनमा आउने हरेक ब्यवधानलाई हटाउदै अगाडी बढेमा अबश्य सफलता मिल्ने बताउँदै खड्काले भने जव युवाको उमेर २० बर्ष पुगेपछि घर छोड्छन् तब मात्र युवाहरुले दुख के हो बुझ्छन र मेहनतका साथ सफलता हात पार्छन ।

युवा उत्प्रेरणा कार्यक्रमका सहभागीहरुलाई उदृत गर्दै अबका युवाहरु दया लाग्दो नभएर रहर लाग्दो हुनुपर्ने बताउँदै अभियान्ता खड्काले आफु भित्र भएको शिप र क्षमतालाई बजारमा मार्केटिङ गर्न सके मात्र सफल भईने बताए ।

त्यसैगरी कार्यक्रमका अर्का अथिति तथा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले सहभागी युवाहरुलाई लक्षित गर्दै युवाहरु आफै सक्षम नभए सम्म कुनै पनि काममा सफल नहुने बताए । पालिकाका हरेक निति निर्माण देखी बिभिन्न गतिबिधिहरुमा युवाहरुको सहभागीता आबश्यक पर्ने भएककाले त्यस तर्फ सबैजना सक्षम हुनुपर्नै बताए । शाखा प्रमुख थापा भन्छन् २०७८ सालमा आफु यस पालिकामा आएदेखी युवा क्लबहरु गठन गर्न लागी परेपनि अझै सम्म कसैले चासो नदेखाएको अबस्था छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाका युवाहरु, बिभिन्न संघ संस्थााका युवाहरु गरी १०० जनाको सहभागीता रहेको थियो ।

युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले राखेकी थिईन् भने कार्यक्रम सञ्चालन युवा घरका सदस्य शिब कुमार बर्माले सञ्चालन गरेका थिए ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech