नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ रामनगरका ५० जना किशोरी र महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क फ्रिडम किट ब्याग वितरण गरिएको छ ।
फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा वालिकाकालागि महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन कार्यक्रम अन्तरगत किशोरी तथा महिलाहरुको स्वास्थ्य र स्च्छताका लागि रियुजेवल किट ब्याग आज वितरण गरिएको हो ।
महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको थियो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । यसरी बितरण गरिएको किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा जुन सुकै अवस्थामा पनि महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ ।
फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले जानकारी गराएका थिए ।
किट ब्याग प्राप्त गरे पश्चात बोल्दै किशोरीहरुले बजारबाट प्याड खरिद गर्दा धेरै पैशा खर्च भईरहेको भन्दै रियुजेवल प्याडले खर्च बचत हुने बताए । महिनावारी भएको समयमा खाना बनाएर श्रीमान र परिवारलाई खुवाएमा आयु घट्ने, छुन नहुने लगायतका अन्ध विश्वास रहेको बताउदै अभिमुखिकरणबाट सो भ्रम हटेको बताए । उनीहरुले कार्यक्रममा भएको प्रशिक्षणले आत्मवल बढाएको प्रतिक्रिया दिए । प्राप्त गरेको प्याड प्रयोग गर्ने उनीहरुले प्रतिबद्धता थियो । कार्यक्रममा सहभागि महिला तथा किशोरीहरुलाई बास नेपालका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट लगायतले किट ब्याग वितरण गरेका थिए ।
फ्रिडम किट ब्याग युकेको सहयोगमा बास नेपालले नेपालगन्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निशुल्क ग्रामिण समुदायका किशोरी र महिलाहरुलाई वितरण गर्दैै आएको छ ।