सुष्माको १३ कम्पनीसँग सहकार्य, पाँच लाख रुपैयाँ अध्ययन कर्जा

असल शासन प्रतिनिधि

नेपालगन्ज/  नेपालमा मेडिकल क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा सदैव अगाडि सुषमा कोइराला मेमोरियल कलेज तथा अस्पताल अग्र पन्थीमा मानिन्छ । पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा आफ्नो पहिचान सहित थप सेवा दिन नेपालगन्जमा सुषमा कोइराला मेमोरिअल कलेजले नेपलगन्जमा BIT तथा BBA पढ्ने बिद्यार्थीहरुलाई ट्रेनिङ , स्रोत व्यवस्थापन र अनुसन्धान गर्ने उद्देश्यले अब नयाँ तरिकाले कक्षाहरु संचालनमा ल्याउने भएको छ ।

विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, सङ्कायगत आदानप्रदान लगायतका क्षेत्रमा काम गर्नेगरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर गरी सुरुवातमा ल्याउन लागेको हो ।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभलपर प्रालि, ओम फर्मास्युटिकल्स एन्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौँ सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एन्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एसासिएट मुम्बईलगायतका संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

एनएमबी बैंकसँगको समझदारीअनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म आधारदरमा दुई प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउने भएको विश्वविद्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यसैगरी, अन्य कम्पनीसँगको सम्झौता अनुसार विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान तथा प्राज्ञिक अभ्यास र तालिम आदिमा सहयोग प्राप्त हुनेछ। सो सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलति प्राडा विजुकुमार थपलियाले सम्झौताले विश्वविद्यालय तथा सम्बद्ध कम्पनी दुवै पक्षको हित हुने विश्वास व्यक्त गरे। यस सम्झौताबाट विश्वविद्यालयको प्राज्ञिक एवम अनुसन्धानका क्षेत्रमा सहायता पुग्ने भन्दै यसबाट आफूलाई खुसी लागेको उनले बताए। यस सम्झौता बाट नेपालगन्ज बाँकेमा अवस्थित सुषमा कोइराला मेमोरिअल कलेजका BIT तथा BBA पढ्ने बिद्यार्थीहरु थप लाभान्वित हुने अवसर प्राप्त भएको कुरा कलेज प्रमुख रंजन ढुंगानाले जानकारी दिए।

  • १ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech