महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिबिर सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिविर
महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिविर सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिविर शनिवार सम्पन्न भएको हो ।

दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोग र HCRC Hospital नेपालगञ्जको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न भएकोछ ।

टेवाको सहयोगमा दिदि बहिनी समाज बाँकेद्धारा सञ्चालित घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न शिविरमा ५३ जना घंसियारा र चिडिमार जातीका महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचानको लागि चेकजाँच गरिएको छ ।
शिविरबाट ३ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिनुका साथै ८ जना महिलाहरुमा पाठेघर सम्वन्धि बिभिन्न समस्याहरुको पहिचान गरिएको छ ।

बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. कुमार शान शाह र डा. समिक्षा चन्द शाह, सिनियर अनमी शिवा शाह सहितको दक्ष स्वास्थ्याकर्मी समुहबाट शिबिरमा परीक्षण गरिएको थियो ।

संस्थाकी अध्यक्ष रमादेबि शाहको अध्यक्षतामा सम्पन्न शिबिरमा HCRC Hospital नेपालगञ्जलका संस्थापक, अध्यक्ष बरिष्ठ स्त्री तथा प्रशुती रोग बिशेषज्ञ डाक्टर कुमार शान शाहले महिलाहरुको पाठेघरको मुखको क्यान्सर बारे जानकारी दिएका थिए ।

सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा HCRC Hospital नेपालगञ्जलका निर्देशक रमेश सिटौला, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र सन नेपाल लाईफ ईन्स्योरेन्स नेपालगञ्ज शाखाका प्रमुख कमल शाही लगायतको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष रमादेबि शाहले शिबिरमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शिबिर समापन गरेकी थिईन् ।

  • २ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech