गर्मीका कारण खजुरामा एकको निधन

असल शासन प्रतिनिधि

गर्मीका कारण खजुरामा एकको निधन

खजुरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको आज मध्यान्ह मृत्यु भएको हो ।

मोटरसाईकलमा घरबाट पसल तर्फ आइरहेका सुनार मोटर साईकल चलाउने क्रममा घुमाएपछि मोटेरसाईकल रोकेर सडक किनारमा बेहोस भएका थिए ।

खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरि अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्याधिक गर्मी चर्केको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् ।

प्रहरीले मृतक सुनार मृगी रोगको बिरामी रहेको जनाएको छ ।

  • ३ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech