आधारभुत स्वास्थ्य सेवा केन्द्रको आम भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको सामाजिक परिक्षण कार्यक्रमको आम भेला सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आयोजना र बास नेपालको सहजिकरणमा सञ्चालित स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रममा अन्तगर्त आम भेला आज भएको हो ।

स्वास्थ्य क्षेत्रमा प्रदान गरिने बिभिन्न सेवाहरु र सामुदायिक स्वास्थ्य सम्वन्धि क्रियाकलापहरुका वारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको आम भेलामा उपस्थित सहभागीहरुले स्वास्थ्य संस्थाको आफ्नै भवन भएता पनि सेवाग्राहीको पायक पर्ने ठाउँमा नभएको, खोप केन्द तथा घुम्ती सेवाको सुविधो बढाउनु पर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, आमा समुहको बैठक बस्नका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्थाको कार्यालय एकान्त ठाँउमा भएको र सुरक्षाको जोखिम भएकाले तत्काल पर्खाल निमार्ण गर्नुपर्ने लगाएतका बिषयहरुमा सहभागिहरुले आम भेलामा सुझाव राखेका थिए

सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, अध्ययन, समुह केन्द्रित छलफलबाट आएका तथ्यहरु सहितको प्रतिवेदन सामाजिक परीक्षक कल्पना अधिकारीले प्रस्तुत गरेको आम भेलामा आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज अमृत चौधरीले स्वस्थ्य सेवा केन्द्रको प्रगति तथा सेवाको तथ्याँक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आधारभुत स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष गोविन्द प्रसाद रेग्मीले आम भेलामा बोल्दै गास, वास, कपास जस्तै स्वास्थ्य पनि एक हो त्यसकारण स्वास्थ्यलाई पहिलो प्राथामिक्ताका साथ लिने बताए । साथै भेलामा उठेका प्रश्नमाथि सम्बोधन गर्दै वडाको बजेटबाट सकिने जती वडाबाट र नगरपालिकामा समन्वय गरि जनताका माग पुरा गर्ने बताए ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज अमृत चौधरीले स्थानीय सरकार, समुदाय र सबै पक्षको समन्वयको माध्यमबाट स्वास्थ्यमा देखिएका समस्याको समाधान गर्न सकिने बताए ।

५५ जनाको सहभागीता रहेको आम भेला आधारभुत स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा लअध्यक्ष गोबिन्द प्रशाद रेग्मीको अध्यक्षतामा सम्पन्न आमभेला लाई बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले स्वागत गरेका थिए भने सामाजिक प्ररिक्षक तथा बास नेपालका केन्द्रीय काषध्यक्ष कलपना अधिकारीले सञ्चालन गरेकी थिइन् ।

  • ३ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech