पुरैनी स्वास्थ्य चौकीको आम भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ को पुरैनी स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमको आम भेला सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आयोजना र बास नेपालको सहजिकरणमा सञ्चालित स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रममा अन्तगर्त आज पुरैनीमाआम भेला आज भएको हो ।

स्वास्थ्य क्षेत्रमा प्रदान गरिने बिभिन्न सेवाहरु र सामुदायिक स्वास्थ्य सम्वन्धि क्रियाकलाप हरुका वारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको आम भेलामा उपस्थित सहभागीहरुले ल्याव सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य चौकीको प्राङ्गणमा सेवाग्राहीहरु बस्नको लागि प्रतिक्षालय निर्माण गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई आबश्यक सामाग्री उपलब्ध गराउनु पर्ने, ल्यावको लागि एक कोठे भवन निर्माण गर्नुपर्ने र स्वास्थ्य चौकीको प्राङ्गणमा बृक्षारोपन गर्नुपर्ने लगाएतका बिषयहरुमा सहभागिहरुले आम भेलामा सुझाव राखेका थिए

सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, अध्ययन, समुह केन्द्रित छलफलबाट आएका तथ्यहरु सहितको प्रतिवेदन सामाजिक परीक्षक शिव कुमार बर्माले प्रस्तुत गरेको आम भेलामा पुरैनी स्वास्थ्य चौकीका ईन्चार्ज सरोज मिश्राले स्वस्थ्य चौकीको प्रगति तथा सेवाको तथ्याँक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पुरैनी स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २२ का अब्दुल गफ्फार हलवाईले आम भेलामा उठेका प्रश्नमाथि सम्बोधन गर्दै वडाको बजेटबाट सकिने जती वडा, स्वास्थ्य महाशाखा र नगरपालिकामा समन्वय गरि जनताका माग पुरा गर्ने बताए ।

४५ जनाको सहभागीता रहेको आम भेला पुरैनी स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष अब्दुल गफ्फार हलवाइको अध्यक्षतामा सम्पन्न आम भेला लाई स्वास्थ्य चौकीका ईन्चार्ज सरोज मिश्रालले स्वागत गरेका थिए भने सामाजिक प्ररिक्षक तथा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेका थिए ।

 

  • ३ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech