भ्रष्टाचार बिरुद्ध गित सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले भ्रष्टाचार बिरुद्धको गित हे मेरो नेपाल आमा सार्वजनिक गरेको छ ।

गायिका रितुु सिंह र बलु तामांगको आवाजमा रहेको उक्त गितको श्रव्य दृश्य बास नेपालद्धारा नियमित रुपमा सञ्चालन हुने साप्ताहिक कार्यक्रम ईन्सपाईरिंग युथको ३०७ औं श्रृंखलामा सार्वजनिक गरिएको हो ।

निबर्तमान अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा गायिका रितु सिंह, गायक बलु तामांग, गितको श्रव्य दृश्यमा कलाकारको भुमिकामा रहेका अर्जुन जंग शाह, सञ्जय कुमार दाहाल, बिशाल शाहले बोलेका थिए ।

बास नेपालका जनसम्पर्क अधिकृत माधब कुमार कार्कीले सञ्चालन गरेको कार्यक्रममा गितको श्रव्यदृश्य सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यक्रममा गायिका रितु सिंह, गायक बलु तामांग, गितको श्रव्य दृश्यमा कलाकारको भुमिकामा रहेका अर्जुन जंग शाह लगायतले बोलेका थिए । कार्यक्रमलाई समापन गर्दै बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौलाले भ्रष्टाचार बिरुद्ध गितका माध्यमबाट सन्देश प्रबाह गर्नका लागि गित तयार गरेको बताए ।

यस्तो छ गित :

हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
बिहानीको झुल्के घाम किरणसंग फुट्नै पर्छ

नेपाललाई बचाउन नेपाली एकजुट हुनैपर्छ
नेपाली हौं हामी आफ्नो स्वाभिमान जोगाऔं, स्वाभिमान जोगाऔं,
राष्ट्रघाती भगाऔं, स्वाभिमान जोगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल, जय जय नेपाल,

देश रहे पहिचान रहन्छ, पहिचान रहे हामी
न कोही गरिव छौं, न त कोही धनि ।
सुख्खा रोटी ढिंडोमा नेपाली बस्नु पर्ने
देश चलाउने नेताले पजेरो गाडी चढ्ने
हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल

सर्प पनि अझैं कति देशलाई डस्ने हुन्
बेरोजगारी युवा अझै कति मर्ने हुन् ?
जागिर माग्न जाँदा छातीमा गोलि ठोक्छन्
नेपालीको मुल्य यहाँ दश लाख भनि तोक्छन्
हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल

देश चलाउने नेताले लाउँछन् भागवण्डा
युवाको छातीमा हान्छन् बन्दुक कुन्दा
जनताको मत लिई यिनले सत्ता पाउने
पढिलेखि युवालाई खाडी देश पठाउने
हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल
नेपाली जनता जिन्दावाद

अझै कति बलात्कृत भई जाने हो चित्तामा ?
कहिले गर्छाै काम सरकार जनताको हितमा ?
जनताले कति मार्ने मनलाई चिरा ?
हातमा पासपोर्ट युवा तिम्रो बिदेशिने पीडा

हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल

आयो, आयो देशमा कस्तो गणतन्त्र ?
संघियताको नाममा भयो लुटतन्त्र
होसियार है कर्मचारी नखेल यो खेल
घुसखोरी गर्याै भने जानु पर्ला जेल

हे मेरो नेपाल आमा तिमीलाई कसरी जोगाऔं,
धमिराझैं देशलाई खाने राष्ट्रघाती भगाऔं
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल

जनआवाज जिन्दावाद, नेपाली जनता जिन्दावाद
पोखिएर सकिदैन जनताको पीडा
जनतालाई आश देखाई भयो प्रहार छुरा

सत्कर्म गर्याे भने आउँदै है आँच
नेपालको मुहार फेर्छु गर्र्याै झुठा बाचा
जय नेपाल जय नेपाल जय जय नेपाल
जय जय नेपाल

श्रव्य दृश्यमा के छ ?

बाँकेका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको उक्त श्रव्यदृश्य असल शासन मिडियाले उत्पादन गरेको हो । उक्त श्रव्य दृश्यको निर्देशन भिर शाहीले गरेका हुन् । उक्त श्रव्य दृश्यको छायाँकन तथा सम्पादन लोक बहादुर घर्तिले गरेका हुन् भने दृश्यको छायाँकनमा अशोक रावल र बिशाल गुभाजुले सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

  • ८ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech