६ प्रश्नमा गायिका तृप्ती खड्का

असल शासन प्रतिनिधि

तृप्ती खड्का

गायिका, काठमाण्डौं

१. तपाँईको जीवन को आदर्श के हो ?

– जीवन एउटा आफैमा संघर्ष हो । जन्म र मृत्युको बिचमा गरिने हरेक जीवनका सफर हरुमा जोडिने संघर्षनै मेरा जीवनका आदर्श हुन् । आफु ज्युनलाई अरु कुनै ब्यक्ति माथि असर नपु¥याउनुनै मेरो जीवनको मुल आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?

– सर्बप्रथम त मेरो प्रेरणाको स्रोत भनेकै मलाइ जन्म दिने बुवा आमा एबम घरपरिवारनै हुनुहुन्छ । यसका अलवा गित संगीत को क्षेत्रत्र मा यहाँ सम्म आइपुग्न वरिष्ठ गितकार आदरणीय दाजु हरि उप्रेती ज्यु को ठूलो योगदान रहेको छ ।यसो भन्दै गर्दा मलाइ हरपल साथ र सहयोग पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने मेरै जिबनसाथि कलाकार बिजय गुरुङ्गको पनि ठुलो योगदान छ । म वहाँहरुकै उत्प्रेरणाले उत्प्रेरित छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?

– म आफैमा एउटा कलाकार भएको कारण गित, संगीत, भाषा, साहित्य र कला आदि समाज का अभिन्न अङ्ग ठान्दछु । तसर्थ तिनै माध्यमद्वारा समाजको सेवामा हरपल तल्लिन रहेर काम गरिरहेको छु ।

४. तपाईको जीवनको अबिस्मरणिय क्षण के हो?

– मानिसका जीवनमा हरेक प्रकारका पल अथवा क्षण आउने गर्दछन् जसमा कुनै पलहरु सम्झन लायक हुन्छन् भने कुनै त्यति महत्वपूर्ण हुँदैनन् । मेरा लागि भने मेरो बाल्यकाल र साथि संगीहरु सङ्गको पलनै अविस्मरणीय क्षण लाग्दछ ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?

– मेरो बुझाइमा असल शासन भन्नाले राष्ट्र अथवा देश प्रति बफादार रहेर जनताहरुको दुःख र मर्मलाई बुझि आफुलाइ समर्पण गर्नुनै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?

– गित, संगीत, भाषा, साहित्यलाईनै समाजको अभिन्न अंग ठान्दछु । त्यसैले तिनै भाषा, गित, संगीत, साहित्यको श्रीबृद्दि गर्नलाइनै योगदान गर्नु मेरो समाज प्रतिको प्रतिबद्धता हो ।

  • ८ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech