करुणा शाह
उपाध्यक्ष, नेपाल पत्रकार महाँसंघ बाँके शाखा
१. तपाँईको जीवन को आदर्श के हो ?
– मेरो जीवनको आदर्श भनेको बाल्यकाल देखि सिकेको संस्कार आफू भन्दा ठुलाबडा लाई संम्मान गर्नु साना लाई माया गर्नु हो । सधै अनुशासनमा रहेर अगाडी बढ्नुका साथै सकारात्मक सोच राखेर अगाडी बढे जीवन सारै सरल र सुन्दर छ भन्ने कुरामा म बिश्वास राख्दछु । सोही अनुसार अगाडी बढेको मान्छे हुँ । म मेरो आदर्श अनुशासन, संस्कार, सकारात्मक सोच हो ।
२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– म अहिले सम्म जहा छु जे अवस्था छु मेरो बुवा मुवा ले गर्दा छु । सानैबाट बुवा मुवाले सधै राम्रो काम गर्नु पर्छ कसैको कुभलो सोच्नु हुदैन, उच्च शिक्षा अनिवार्य हुनुपर्छ, आफ्नो मेहनतले अगाडी वढ्नु पर्छ भन्ने संस्कार दिनुभएको कारणले म सोही अनुशरण गर्दै यहाँसम्म पुगेको छुँ ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– मैले बिगत १५ बर्ष देखि पत्रकारिताको माध्यमबाट आवाज बिहिनहरुको आवाज सम्बन्धित निकायमा पुर्याउने काम गरेको छु । पत्रकारिताको शुरुवात मेरो रेडियोबाट भएको हो । रेडियो टिभी पत्रकारिताको माध्यम बाट मेरो स्रोता दर्शकलाई मनोरञ्जनात्मक रेडियो कार्यक्रम गर्दै आफू जुन जुन ठाउँ पुग्यो दर्शक लाई त्यो ठाँउको बारेमा रमाइलो पारा ले जानकारी दिदै आएको छु, यो पनि पत्रकार को काम हो । सम्रग पत्रकारिताबाटै मैले आफ्नो समाज समुदाय लाई सहयोग गर्दै आएको छु ।
४. तपाईको जीवनको अबिस्मरणिय क्षण के हो?
– राज संस्था रहदै गर्दा मेरो कान्छो बुवाको छोरा अभिनेश जंग शाहले राजा धिरेन्द्र सरकार माइली छोरी शाहाज्यादी शितास्मा सरकारसंग बिबाह र महारानी फूपूको छोरा राज बहादुर सिंहले राजा ज्ञानेन्द्र सरकारको छोरी अधिराजकुमारी प्रेरणा सिंहसँग बिबाह गरेको घटना मेरो जीवनमा अहिलेसम्मकै अबिस्मरणिय क्षण हो । राज परिवारसँगको बिबाहमा सहभागी भई जन्ती नारायणीहिटि दरबारमा जाँदा जुन किसिमको माहोल थियो त्यो मेरो लागि अविस्मरणीय क्षण हो ।
५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– मेरो बुझाईमा असल शासन भनेको राज्यबाट पाउने सबै सेवा सुबिधा आम नागरिकको लागि समान हुनु पर्छ । सुचनाको हक सबै लाई हुनु पर्दछ । देश को लागि हामी सबै ले केही गर्नु पर्छ भन्ने सोच सबै नागरिकमा हुनु पर्छ । पहुँचकै भरमा काम हुने गरिब निमुखाको काम रोकिने अवस्था हुनु हँुदैन । सबैलाइ समान हक, समान व्यबहार, समान पहुँच हुनुनै असल शासन हो ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– म जुन ठाउँमा छु त्यही ठाउँबाट समाजको लागि कुनै पनि काम गर्न तयार छु । समाजमा कहाँ के हँुदैछ, किन हँुदैछ त्यसको बारेमा पुरै जानकारी राख्ने छु । महिला दिदी बहिनी आमाहरुलाई शिक्षित हुनुपर्छ सिप सिक्नु पर्छ, स्वरोजगार हुनु पर्छ भन्ने सन्देश सल्लाह मेरो सधै हुने छ । समाजको बिकृती बिसँगती हटाउन म सधै तत्पर हुनेछु ।