नेपालगन्ज वडा नम्बर २ मा सार्वजनिक सुनुवाई तथा वडा भेला

असल शासन प्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । असार ९ गते आइतबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा ५ बुँद्धे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको थियो ।

१२० जना सहभागी रहेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालय अगाडीको मासु पसलहरु अव्यवस्थित रुपमा संचालन भइरहेको, बुद्ध टोलमा बाटो तथा नाली निमार्णको आवश्यकता रहेको, फोहरमैला व्यवस्थापन हुन नसकेको, बागेश्वरी मन्दिरमा पार्किङको समस्या रहेको, सार्वजनिक जग्गा अतिक्रमण भएको जस्ता प्रश्न, जिज्ञासा तथा सुझावहरु राखेका थिए ।
बास नेपालको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आएकोले अतिक्रमित जग्गा खाली गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने, पुरानो वडा कार्यालय नजिकको बाटो विवादका कारण निर्माण कार्य रोकिएकाले आवश्यक समन्वय गरी काम सूचारु गर्ने तथा बौद्ध गुम्बा नजिकको बाटो योजना अनुसार निमार्ण नभएकोले सो बारेमा बुझि समुदायलाई जानकारी गराउने, बागेश्वरी मन्दिर दर्शन गर्न आउने सर्दालु भक्तजनहरुको सवारी साधानो पार्किङको व्यवस्थापन गर्ने, टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, लक्ष्ति वर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने, वडा भित्र अव्यवस्थित रुपमा संचालन भएका मासु पसलहरुको अनुगमन गरी मापदण्ड अनुसार संचालन गर्न आवश्यक पहल गर्ने लगातएतका पाँच बुँद्धे प्रतिबद्धताहरु जाहेर भएका छन् ।

सहभागिहरुकबाट आएका प्रश्नहरुको जवाफ वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा सदस्यहरु गीता देवी राना, तुलसा परियार, वडा सचीव गौरी कुमारी शाही, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज आइतबारी चौधरीले दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयका पदाधिकारीहरु, कर्मचारीहरु, विभिन्न सञ्जालका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत विभिन्न विषयगत कार्यालयका सहभागिहरुको समेत सहभागिता रहेको थियो ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत गरेका थिए ।

साथै सोही दिन नै वडाले योजना छनौट तथा वडा भेला कार्यक्रम पनि सम्पन्न गरेकोछ । नेपालगन्जको होटेल न्यू इन्द्रेणीमा सम्पन्न वडा भेलामा वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले वडाको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वडा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि वडा भेलाका सहभागीहरु सुझावहरु पेश गरेका थिए ।
सहभागिहरुबाट आएका सुझावहरुको सम्बोधन वडा सचीव गौरी कुमारी शाही र वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले गरेका थिए । वडा भेलामा सहभागिहरुले विभिन्न क्षेत्रको बजेट तथा कार्यक्रमहरुको माग गरेको थिए । सहभागिहरुले पुँजीगत क्षेत्रमा मात्र नभई मानव विकासमा समेत लगानी गर्नुपर्ने बताएका थिए ।
रबिन्द्र बोहराले सहजिकरण गरेको वडा भेलामा वडा सदस्य गीता देवी रानाले स्वागत गरेकी थिइन् ।

 

  • १० असार २०८१, आईतवार प्रकाशित

  • Nabintech