महिलाहरुको स्तन क्यान्सर पहिचान तथा रोकथामका उपाय बारे सचेतना कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ महिलाहरुको स्तन क्यान्सर पहिचान तथा रोकथामका उपाय बारे सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि सो सचेतना कार्यक्रम असार ३ गते सम्पन्न भएको हो ।

दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न सो सचेतना कार्यक्रममा ५० जना घंसियारा र चिडिमार जातीका महिलाहरु सहभागि थिए ।

संस्थाकी अध्यक्ष रमादेबि शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लुना बुढाथोकीले गरेकि थिईन् । कार्यक्रममा कोषाध्यक्ष कमला ओलीले स्वागत गरेकि थिईन् भने संस्थाकी सदस्य शिबा शाह र बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्तन क्यान्सरको पहिचान, रोकथामका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रतिकृया मन्तव्य दिदैं सहभागि संगिता केवट र सुनिता चिडमारले कार्यक्रमबाट धेरै जानकारी प्राप्त गरेको बताईन् ।

संस्थाकी अध्यक्ष रमादेबि शाहले कार्यक्रममा सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकि थिईन् । कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

  • १० असार २०८१, आईतवार प्रकाशित

  • Nabintech