महिलाहरुको रजनोबृत्ति तथा मनोसामाजिक सुस्वास्थ्य बिषयक अभिमुखिकरण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ महिलाहरुको रजनोबृत्ति तथा मनोसामाजिक सुस्वास्थ्य बिषयक अभिमुखिकरण नेपालगञ्जमा सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि सो अभिमुखिकरण कार्यक्रम जेष्ठ २६ गते सम्पन्न भएको हो ।

दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न सो अभिमुखिकरण कार्यक्रममा ४८ जना सहभागि थिए ।

संस्थाकी अध्यक्ष रमादेबि शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी साधारण सदस्य शोभा थापा मगरले गरेकि थिईन् ।

कार्यक्रममा संस्थाकी सदस्य शिबा शाहले महिलाहरुको रजनोबृत्ति बारे प्रशिक्षण दिएकि थिईन् भने संस्थाकी सचिव लुना बुढाथोकीले मनोसामाजिक सुस्वास्थ्य बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रतिकृया मन्तव्य दिदैं सहभागिहरुले कार्यक्रम आफुहरुका लागि नयाँ भएको बताउँदै कार्यक्रम जानकारी मुलक भएको बताएका थिए ।

संस्थाकी अध्यक्ष रमादेबि शाहले कार्यक्रममा सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकि थिईन् ।

  • १० असार २०८१, आईतवार प्रकाशित

  • Nabintech