नेपालगञ्ज १५ मा बासको ईकाई पुनर्गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ मा ईकाई कमिटि पुनर्गठन गरेको छ ।

भ्रष्टाचार बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आएको बास नेपालले आज वडा नम्बर १५ मा भेलागरी १३ सदस्यीय ईकाई कमिटि गठन गरेको हो ।

बास नेपालकी सदस्य शिल्पा थापाको अध्यक्षतामा पुनर्गठन गरिएको ईकाईको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश सालमी कवडिया, अनिता थापा, रिता भण्डारी र मैसर कवडिया रहेका छन् ।

त्यसैगरी ईकाईका अन्य सदस्यहरुमा क्रमश गुल्बी कवडिया,कैसर कवडिया, राधा साहु, ममना कवडिया,रातरानी साहु, सुनिता साहु, मुस्तकिम कवडिया र साक्रुन कवडिया रहेका छन् ।

वडाका ३५ जना युवायुवतीहरु उपस्थित रहेको उक्त भेलामा बास नेपालका बाँके शाखा अध्यक्ष शोभा थापामगर शाखा कोषाध्यक्ष शुद्ध प्रसाद चौधरी, बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थितिमा ईकाई गठन गरिएको थियो ।

  • १४ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech