वडा नं ८ शहरी स्वास्थ्य केन्द्रको आम भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ शहरी स्वास्थ्य केन्द्रको आम भेला सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सञ्चालित स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत मंगलबार आम भेला गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा प्रदान गरिने बिभिन्न सेवाहरु र सामुदायिक स्वास्थ्य सम्वन्धि क्रियाकलापहरुका वारेमा समुदायलाई जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको आम भेलामा उपस्थित सहभागीहरुले स्वास्थ्य संस्थाको आफ्नै भवन भएता पनि थप सेवा बिस्तार हुन नसकेको, ल्याव सेवा बिस्तार गनुृपर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, आमा समुहको बैठक बस्नका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई फिल्ड जाँदा अबश्यक सामाग्रीहरुको ब्यवस्था गर्नुपर्ने, आमा समुहको बैठक बस्दा उनीहरुलाई खाजा नास्ताको ब्यवस्थाका साथै बस्नको लागि कार्पेटको ब्यवस्था गर्नुपर्ने, स्वास्थ्य चौकीमा औषधी अभाव हुने गरेको, स्वास्थ्य संस्थाका कर्मचारीहरुको ब्यवहार राम्रो भएको लगायतका सुझाव राखेका थिए ।

सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारीहरु र स्वास्थ्य चौकीका कर्मचारीहरु सँगको बैठक बाट आएका कुराहरुका साथै समुह केन्द्रित छलफलबाट आएका तथ्यहरु सहितको प्रतिवेदन सामाजिक परीक्षक लुना बुढाथोकीले प्रस्तुत गरेको आम भेलामा शहरी स्वास्थ्य केन्द्रका ईन्चार्ज केशव राज पौडेलले स्वास्थ्य केन्द्रको प्रगति तथा सेवाको तथ्याँक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शहरी स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका सदस्य शान्ती राना, स्वास्थ् महाशाखाका प्रतिनिधि रिमाल, वडा नम्बर ८ का पुर्ब वडा अध्यक्ष हामिद शेखको उपस्थितिमा सञ्चालन भएको आम भेलामा स्वागत तथा सामाजिक परिक्षणको उद्धेश्यमाथि बास नेपालका निर्देशक हेमराज भट्टले प्रकास पारेका थिए भने बास नेपालका बाँके शाखा अध्यक्ष शोभा थापा मगरले सञ्चालन गरेकी थिईन् ।

 

  • १५ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech