ईन्सपाईरिंग युथमा डाक्टर जनार्दन आचार्य

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालद्वारा साप्ताहिक रुपमा सञ्चालित कार्यक्रम ईन्सपाईरिंग युथ कार्यक्रममा प्राध्यापक, डाक्टर जनार्दन आचार्यले उत्प्रेरणात्मक प्रबचन दिएका छन् ।

डाक्टर आचार्यले ईन्सपाईरिंग युथ कार्यक्रमको ३०८ औं श्रृंखलामा कार्यक्रममा बोल्दै दांगको दुर्गम स्थानमा जन्मिएर बिताएको बालापन, घण्टौं लगाएर पढेको संघर्ष सुनाए ।

उनले बिद्यार्थी जीवनकालमा बिताएको जेल जीवन लगायतका संस्मरणहरु सुनाए । बौद्धिक व्यक्तित्वका परिचय बनाएका उनले युवाहरुलाई उत्प्रेरणा दिदै भने– हरेक व्यक्तिमा लक्ष्य र उद्धेश्य हुनुपर्छ, अनि मात्र सफल भईन्छ ।

समाजमा बिभिन्न खाले बिृकतिहरु हावी भईरहेको उल्लेख गर्दै उनले बिकृति बिरुद्ध लाग्न आग्रह गर्दै भने–साथिहरुको लहै, लहैमा लाग्ने समय होईन युवा समय ।

बिदेश यात्रा जाने युवाहरुलाई घाँटी हेरेर हाड निल्न उनले आग्रह गरे –उनले भने –परिवारको आर्थिक अवस्था उकास्ने नाममा परिवारलाई ऋणको भारी नबोकाउन समेत अनुरोध गरे ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रम बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए । कार्यक्रममा ४० जना सहभागि थिए ।

  • १५ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech