बाणिज्य बैंकलाई जिस्काईरहेका छन् आफ्नै भवन

माधव कार्की

नेपालगञ्ज/ नेपाल राष्ट्रिय बाणिज्य बैंकको नाममा रहेका बडेमानका भवन अलपत्र अबस्थामा छन्, सो बैंक भने बहालमा बसिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित नेपाल राष्ट्रिय बाणिज्य बैंकको आफ्नै स्वामित्वमा रहेका एउटा भवन भुत बंगला र खण्डहरको रुपमा परिण्त भएको छ ।

नेपाल राष्ट्र बैकबाट क बर्गको ईजाजत प्राप्त सरकारी बैैंक राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेका यी भवन स्थापना कालमा नेपाल औद्योगिक बिकास निगमको कार्यालय रहेको र संकटकालमा माओबादीले बम प्रहार गरिदिएपछि हाल सो भवनको अबस्था नाजुक हुँदै गएको स्थानीय जानकार बताउँछन् ।

नेपालगञ्ज जमुनाहा सडकको आदर्शनगरमा रहेका बडेमानको सरकारी भवन अलपत्र अबस्थामा पर्दा पनि बैंक बेखबर देखिन्छ भने आफ्नो भवन हुँदा पनि राष्ट्रिय बाणिज्य बैंक भाडामा बसिरहेको जनगुनासो छ ।

सरकारी स्वामित्वमा रहेको सो भवन अलपत्र अवस्थामा छ । भवन भित्र रहेका फर्निचरका सामान देखी ईलोक्ट्र«ोनिक सामानहरु जथाभावी यत्रतत्र अवस्थामा छन् । दुई तले दुईवटा भवनको ८ वटा कोठा रहेको बैक भवनको प्राङ्गण घाँसे मैदानमा परिण्त भएको छ ।

उक्त भग्नाबशेष भवनको नजिकैका स्थानियबासी बिपिन घिमिरे सरकारी सम्पतिको लापरबाही भएकोले राष्ट्रिय बाणिज्य बैंक भाडामा नबसेर यही भवनलाई जिर्णोद्धार गरेर आफ्नै भवनमा बस्दा यो भवनले न्याय पाउनेमा बताउँछन् ।

कोभिडको समयमा आईसुलेसन कक्षको रुपमा बिस्तार गरी कोभिड देखिएका बिरामीहरुलाई राखिएको उक्त भवन हाल कुनै प्रयोजनमा नआएको स्थानीय सिता अधिकारीले बताउँछिन ।

भवनको झ्याल ढोका भाँचिनुका साथै सिसाहरु फुटेकाछन भने फर्निचर र पुराना मोटरसाईकलहरु बाहिरै यत्रतत्र फालिएको छ ।

बिगत एक बर्ष देखी उक्त भवनको लागि रेखदेखमा खटिएका सेक्युरीटी गार्ड शिव प्रशाद थारुका अनुसार उक्त स्थल नशा सेवन गर्नेहरुको थलो बनेको छ ।

अलपत्र सरकारी भवनको बारेमा बुझ्दा राष्ट्रिय बाणिज्य बैंक क्षेत्रिय कार्यालयका प्रतिनिधि गोपाल श्रेष्ठले अहिले तत्कालै उक्त भवन बनाउने वा नबनाउने भन्नेमा केन्द्रबाट केही निर्णय आईनसकेकाले थप केही भन्न नसक्ने बताए । यसैगरी बैंकको नाममा रहेको सदरलाईन स्थित भवन पनि अलपत्र अवस्थामा छ ।

  • १७ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech