शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आम भेला

रबिन्द्र बोहरा

बाँके/नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत आम भेला कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण अन्तर्गत बास नेपालले गरेको सामाजिक परिक्षण अन्तर्गत उक्त आम भेला कार्यक्रम सम्पन्न भएको हो । शहरी स्वास्थ्य केन्द्रले प्रदान गरिरहेको सेवाको बारेमा जानकारी गराउने, वार्षिक रुपमा भएका गतिविधिहरुको प्रगतिबारे समिक्षा गर्ने तथा आम नागरिकहरुका सुझाव तथा पृष्ठपोषण संकलन गरि कार्ययोजना तयार गर्ने उद्धेश्यका साथ उक्त आम भेला कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अहेब सन्देश बहादुर शाहीले स्वास्थ्य केन्द्रको प्रगति प्रतिवेदन तथा सेवाहरु समेतको प्रतिवेदन प्रस्तुत गरेका थिए भने बास नेपालका सामाजिक परिक्षक समेत रहेका निवर्तमान अध्यक्ष रमेश सिटौलाले आम भेला पूर्व गरिएका सामाजिक परिक्षणका गतिविधि र त्यसको नतिजा बारे जानकारी गराएको थिए ।


४५ जनाको सहभागिता रहेको कार्यक्रमको खुल्ला छलफलमा सहभागिहरुले स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा तथा थप औषधीको समेत व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएका थिए । सहभागिहरुबाट आएका प्रश्नहरुको जवाफ स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुन, स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख शंकर केसि र नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत सरोज रिमालले दिएका थिए ।
कार्यक्रममा वडा जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, स्थानीय नागरिकहरु, आमा समूहका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगाएतका स्वास्थ्यमा सरोकार राख्ने अन्य नागरिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने स्वागत मन्तव्य बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • १७ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech