स्तन क्यान्सर पहिचान तथा रोकथामका उपाय बारे सडक नाटक प्रर्दशन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ महिलाहरुको स्तन क्यान्सर पहिचान तथा रोकथामका उपाय बारे सडक नाटक प्रर्दशन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि लक्षित गरि असार ४ गते सडक नाटक प्रर्दशन गरिएको हो ।

दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोगमा सो सडक नाटक प्रर्दशन गरिएको हो ।

घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न सो सडक नाटक प्रर्दशन गरिएको हो ।

सडक नाटक दुई स्थानमा प्रर्दशन गरिएको थियो । नाटक नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्वर १२ स्थित चिडिमार टोल बेलासपुर र वडा नम्वर ८ को घँसियारा टोलमा प्रर्दशन गरिएको थियो ।

नाटकमा बास नेपालका कलाकारहरु रबिन्द्र बोहरा, तपेन्द्र मलाती, लोक बहादुर घर्ति, अशोक रावल, जानकी बि.क., रमिता शाह र शोभा थापा मगरले अभिनय गरेका थिए ।
नाटक अवलोकन गरिसकेपछि सहभागिहरुले नाटक प्रभावकारी रहेको बताएका थिए ।

  • १७ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech