बिद्यार्थीलाई पोशाक बितरण

चित्र न्यौपाने

जाजरकोट/ जाजरकोटि समुह दक्षिण कोरियाद्वारा बिद्यार्थीलाई पोसाक बितरण गरिएको छ ।

छेडागाड नगरपालिका वडा नम्बर ६ को बाबर्नि स्थान प्रा. बि. का सम्पुर्ण बिद्यार्थिहरुलाई पोसाक बितरण गरिएको हो ।

दक्षिण कोरिया रहँदै आएका दिनेश सरकार नामले परिचित दिनेश शर्माको पहल र बाबर्नि स्थान स्कुलका प्र.अ. राम प्रसाद शर्माको सक्रियतामा बिद्यालयका सबै बिद्यार्थीहरुलाई पोशाख बितरण गरिएको छ ।

कार्यक्रम का प्रमुख अतिथि छेडागाड नगर पालिका वडा नम्बर ६ का अध्यक्ष भक्त बहादुर थापाले गरिब एवम् जेहेन्दार बिद्यार्थिहरुलाई पोसाख बितरण गर्दै दिनेश न्यौपानेलाई बिशेश धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बिशेष अतिथि नेकपा एमाले छेडागाड ६ का वडा कमिटी अध्यक्ष दीर्घ प्रसाद शर्माले जनताको हितका लागि सबैले काम गर्नुपर्ने बताए ।

कार्यक्रमको संचालन बिद्यालयका प्रअ राम प्रसाद शर्माले गरेका थिए । कार्यक्रमको अतिथी बिधालय व्यवस्थापन समिति अध्यक्ष जंग बहादुर बुढा ले गरेका थिए ।

  • १८ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech