करेन्ट लागेर युवकको निधन

अशोक रावल

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्री टोल निवासी ३५ बर्षिय बिकास थापाको करेन्ट लागेर निधन भएको छ ।

कृष्ण बहादुर थापाका छोरा विकासको आफ्नै घरको टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

थापाकी श्रीमती ९ महिना देखि कुवेतमा काम गर्दै आएकी छन् भने छोरी ११ वर्षिय रेबिका थापा बिधालय अध्ययनरत छिन् ।

अटो रिक्सा चलाउँदै आएका उनको बिहान उठेर पंखा जोड्ने बेला उक्त घटना घटेको हो । उनी एक मात्र छोरा थिए ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech