गेरुवा उपशाखा अध्यक्षमा रमेश थारु

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले बर्दियाको गेरुवा गाँउपालिकामा बास नेपालको उपशाखा पुनर्गठन गरेको छ । उपशाखा अध्यक्षमा रमेश थारु चयन भएका छन् ।

भ्रष्टाचार बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आएको बास नेपालले आईतबार ११ सदस्यीय उपशाखा समिति पुनर्गठन गरेको हो ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थितिमा पुनर्गठन गरिएको उपशाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश मोनिका थारु, तेज बिक, अस्मिता राजबंशी र सुस्मिता राजबंशी चयन भएका छन् ।

त्यसैगरी ईकाईका अन्य सदस्यहरुमा क्रमश सपना चौधरी, सुस्मिता थारु, बिनु खत्री, अर्पणा चौधरी, चाँदनी थापा र रितु रेग्मी रहेका छन् ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech