कार्यक्रमको पुर्नताजगि तथा समिक्षा

असल शासन प्रतिनिधि

बाँके/ दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोगमा सञ्चालित घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रमको पुर्नताजगि तथा समिक्षा गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि लक्षित गरि सञ्चालित कार्यक्रमको समिक्षा असार ६ गते गरिएको होे ।

संस्थाका अध्यक्ष रमादेबि शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा सदस्य शिबा शाहले स्वागत गरेकि थिईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले दिदि बहिनी समाजले बिशेष प्रकारको बर्ग लक्षित गरि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएकोमा खुसी लागेको बताईन् । कार्यक्रममा फातिमा फाउण्डेसनकी सिमा चौधरी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागिहरुले कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech