लुम्विनि प्राविधिक विश्वविद्यालयले मनायो बार्षिकोत्सव

रबिन्द्र बोहरा

बाँके/नेपालगन्ज
प्राविधिक क्षेत्रको प्रसिद्ध विश्वविद्यालय लुम्विनी प्राविधिक विश्वविद्यालयले आफ्नो स्थापनाको दोस्रो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । नेपालगन्जमा आयोजित वार्षिक उत्सव समारोहमा सांस्कृतिक प्रस्तुतीहरुका तथा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानका साथै विविध शैक्षिक गतिविधिका साथ उक्त वार्षिक उत्सव सम्पन्न भएको हो ।
लुम्विनी प्राविधिक विश्वविद्यालयका कुलपति एवं लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि माननीय जोख बहादुर महराको अध्यक्षमा सम्पन्न वार्षिक उत्सवमा प्रमुख अथिती गण्डकी विश्वविद्यालयका कुलपति प्रद्यापक डा.गणेशमान गुरुङ्ग रहेका थिए । वार्षिक उत्सवमा लुम्बिनी विश्व विद्यालयका उपकुलपति एवं सामाजिक विकास मन्त्रि माननीय रत्न खत्री, लुम्विनी प्रदेशका पूर्व मुख्य मन्त्रि कुल प्रसाद केसी, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रि नमुना केसी, कृषि तथा भुमी मन्त्री भण्डारीलाल अहिर, लुम्बनी विश्वविद्यालयका डिन कृर्ति कुशन जोशी, विज्ञ सदस्य प्रद्यापक डा. कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, पूर्व वन मन्त्रि तथा प्रदेश सभा सदस्य माननी दुर्गा प्रसाद चौधरी, लुम्विनी प्राविधि विश्व विद्यालयका कुल सचिव रेग बहादुर भण्डारीको उपस्थिती रहेको थियो ।


मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताउनुभएको छ । नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताउनुभयो ।
वार्षिक उत्सवमा बोल्दै लुम्बिनी विश्वविद्यालयका कुलपति तथा प्रदेश सरकारका मुख्य मन्त्रि माननीय जोख बहादुर महराले प्राविधिक क्षेत्रको मानव संसाधन नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरुमा आवश्यक भएको जोड दिँदै समग्र देशको विकासको लागि प्राविधि क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताए ।


लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ, दुर्गाबहादुर चौधरी लगायतका वक्ताले विश्वविद्यालयको शैक्षिक उन्नतीका विविध विषयमा मन्तव्य व्यक्त गरेका थिए । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. गणेशमान गुरुङले विश्वविद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech